गाजामा युद्धबिरामका लागि शर्तहरूलाई अन्तिम रूप दिइँदै, यस्ता हुन सक्छन् शर्तहरू

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि हुन लागेको सम्झौताका शर्तहरूलाई अन्तिम रूप दिने प्रक्रिया सुरू भएको छ । यस युद्धविरामका लागि जारी वार्ताको अनुगमन गरिरहेका प्यालेस्टिनी अधिकारीले बीबीसीलाई यो जानकारी दिएका छन् । यो खबर यस्तो बेला आएको हो जब अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सम्झौता अन्तिम चरणमा पुगेको … Read more

सकियो नेपाल-भारत संयुक्त सैन्य अभ्यास

१ माघ, काठमाडौं । रुपन्देहीको सालझण्डीमा भएको नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १८औं संस्करण सकिएको छ । रुपन्देहीको नेपाली सैनिक ब्याटल स्कुलमा १५ पुसदेखि सुरु भएको अभ्यासको सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसीले एक समारोहबीच समापन गरेका छन् ।समापन समारोहमा बोल्दै केसीले संयुक्त अभ्यासमा सहभागी फौजलाई सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिँदै अभ्यासका क्रममा दुवै देशका … Read more

राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बन्न राष्ट्रपतिको आग्रह

१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । माघी पर्वको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभिष्ट भएको बताए ।उनले हाम्रो संविधान र … Read more

अध्ययनका लागि युरोपका देशमा विद्यार्थीको आकर्षण, सेन्ट्रल कलेजबाट सहजै गर्न सकिन्छ प्रोसेस

चितवन,माघ १- स्टडी इन जापान, अष्ट्रेलिया र कोरियाका लागि अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले युरोपका लागि पनि हब बन्दै गएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले पछिल्लो समय स्टडी इन युरोप पनि प्राथमिकतामा राखेको हो । कलेजले आइतबार … Read more

सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

सोलुखुम्बु– सोलुखुम्बुमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय … Read more

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

जनकपुरधाम – पछिल्लो समय मन्त्री भएपछि विकास निर्माणको आवश्यकता र प्राथमिकता भन्दा आफ्नो निर्वाचन क्षेत्रमा अर्बाैको बजेट लाने प्रवृत्ति मौलाएको छ । तर, लाखौं नागरिकको हितका लागि गर्नुपर्ने विकासका काम नेतृत्व र मन्त्रीहरूको नजरमा पर्दैन । यसको प्रत्यक्ष उदाहरण हो धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीको पुल । पुल अभावमा यस क्षेत्रका स्थानीयले पुस्तौदेखि … Read more

मन्त्रिपरिषद् बैठकका २६ निर्णय (सूचीसहित)

काठमाडौं, पुस २९ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बसेको अध्ययादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष … Read more

लेखराजको गुनासो-ओली नै आतंककारी भन्नु हुन्छ, एमाले नेतामा अहंकार छ

काठमाडौं-  यही पुस २१ गतेदेखि तीन दिनसम्म चलेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी भइरहेकै बेला सचिव लेखराज भट्टले पार्टी छाडेको समाचार भाइरल भयो । पूर्वसचिव भीम उपाध्यायले उक्त समाचार भाइरल बनाइरहँदा सचिव भट्ट एमाले केन्द्रीय कार्यालय च्यासलस्थित मञ्चको दोस्रो लहरमा थिए । अर्थात्, मञ्चको अघिल्लो लहरमा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष र महासचिवसहित … Read more

बाढी पहिरोका कारण ३८१ सडक, पुल लगायतका पूर्वाधारमा क्षति

काठमाडौं, पुस २९ गते । सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । प्राधिकरणका अनुसार सातै प्रदेशमा बाढी पहिरोका कारण साना–ठुला गरी क्षति भएको देखिएको जनाएको … Read more

विद्यालयको अङ्ग्रेजी नाम नेपाली राख्ने महानगरको अभियान असफल

काठमाडौं– काठमाडौं महानगरपालिकाको अङ्ग्रेजी विद्यालयको नाम ‘नेपाली नामाङकरण’ गर्ने अभियान असफल भएको छ । गत वर्ष २०८० चैत १५ गते विज्ञप्ति जारी गर्दै महानगरले नाम परिवर्तन गर्न आह्वान गरेको थियो । तर वर्ष दिन पुग्न लाग्दापनि विद्यालयहरूले नेपाली नामाङकरण गरेका छैनन् । महानगरपालिकाका शिक्षा विभागका अधिकृत नेत्र नारायण पौडेलले हालसम्म १२५ विद्यालयले नेपाली नाम राख्ने … Read more