विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेतर रहनुभएका नेपालले प्राकृतिक र विविध हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध बनाउन संरचनागत क्षेत्रमा भएका त्रुटिलाई सच्याउँदै … Read more

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उहाँले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गर्नुभयो । “शान्ति, स्थायित्व … Read more

मलाई चितवनले माया देखाएको छ,यतैबाट चुनाव लड्छुः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव चितवनबाटै लड्ने घोषणा गरेका छन् । पोखरामा बुधबार पत्रकारहरूसँग बोल्दै उनले चितवनले आफूप्रति धेरै माया देखाएकोले सोही क्षेत्रबाट चुनाव लड्ने बताएका हुन् । ‘चितवन छोड्ने कुरा सोच्न मिल्छ ? त्यो कसरी मिल्छ होला ? त्यस्तो सोच्न मिल्छ र ? जान्न त्यहाँ भन्न … Read more

चितवनको कुरिनटारमा केएफसीको २५औं शाखा खुल्यो

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा केएफसीको २५औं शाखा संचालनमा आएको छ । आज (बुधबार) दिउँसो इ–स्टपका अध्यक्ष राजन रायमाझीले रिवन काटेर विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीको ‘प्रिमियम’ आउटलेट शुभारम्भ गर्नुभयो । समुद्घाटन समारोहमा केएफसीका कन्ट्री म्यानेजर विजय शर्मालगायतको उपस्थिति रहेको थियो । यो शाखालाई नेपालकै पहिलो ‘ग्रिन स्टोर’को रुपमा अघि बढाइएको केएफसी सञ्चालक कम्पनी देवयानी इन्टरनेसनल नेपालका … Read more

नयाँ वर्षका लागि भरिँदै सौराहा

अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् । क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र … Read more

खालिदा जियालाई राजकीय विदाइ

बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम विदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो । प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र … Read more

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो । जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले … Read more

सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँले घट्यो

स्थानीय बजारमा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको … Read more

शीतलहरले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

अत्याधिक चिसोका कारण एक जनाको मृत्यु भएको छ । अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण बढेको जाडोले कठ्याङ्ग्रिएर सिरहाको गोलबजार नगरपालिका-८ मुसहरी टोलका ५५ वर्षीया शिवदयाल सदायको मृत्यु भएको हो। क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदाय आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको प्रहरीले जनाएको छ।

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको छ । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । उहाँ भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याउनुभएको योगदान स्मरणीय छ । रासस