सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना

२५ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ । बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस … Read more

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

चितवन, पुस २५- चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले रु ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापन सुरु गरिएको बताउँदै कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा … Read more

शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने भएको छ । ती कलेजहरूको नियमन तथा व्यवस्थापनका लागि निर्देशिका बनाइरहेको मन्त्रालयले यही महिनाभित्रमा अनुगमन समेत थाल्ने जनाएको हो । शिक्षामन्त्री विद्या भट्टराईले त्यस्ता कलेजहरूको यही महिनाभित्रमा अनुगमन थालिने बताइन । हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर ५९ वटा कलेजहरू सञ्चालनमा छन् … Read more

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्। उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। कोराइलाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने छन्। सम्बोधन जनवरी १३ अर्थात पुस २९ मा हुने भएको छ। बेलायतसरकारको एशिया मामलाका विदेश राज्यमन्त्री क्याथराइन वेष्ट तथा उद्योग व्यापार क्षेत्रका मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बेलायत गएका … Read more

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

चितवन, पुस २५- मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का ई बिजय दराइका अनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । … Read more

लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, एक हजार पाँच सयभन्दा बढी घरमा क्षति

हलिउड (संयुक्त राज्य अमेरिका), पुस २५ गते ।  अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् ।डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार पाँच सयभन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्। लस एन्जलस … Read more

सांसद ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ

विराटनगर, पुस २५- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पीडित चौधरी … Read more

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा … Read more

रविको मुद्दामा जवाफी बहस जारी

लेखनाथ, पुस २५ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस जारी छ । प्रतिवादीहरुको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार पनि जारी छ । जवाफी बहस सुरु हुनुभन्दा अघि नै सूर्यदर्शन ठगी प्रकरणमा हिरासतमा रहेका सातै जना प्रतिवादीलाई कास्की जिल्ला … Read more

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता

काठमाडौँ,  पुस २५ गते ।  कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । “हाम्रो देश चुनौती र अवरको दोसाँधमा  छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु”, परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि उहाँले बिहीबार बिहान रासससँग भन्नुभयो । देशलाई समृद्धिको दिशामा … Read more