हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने

काठमाडौं– इजरायलमा सशस्त्र संघर्ष गर्दै आएको हमास समूह गाजा संघर्षविराम सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको छ । बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासका एक वरिष्ठ अधिकारीले रिहा गरिने ३४ जना बन्धकहरूको सूची बीबीसीलाई उपलब्ध गराएको छ ।हमासले उपलब्ध गराएको बन्धकहरूको सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ बन्धक छन् । … Read more

तस्वीरमा हेर्नुहोस् अमेरिकामा जनजीवन अस्तव्यस्त बनाउने भीषण हिमपात

काठमाडौं । अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ ।केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपतकाल घोषणा गरेका छन्। हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी … Read more

चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौं। अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ। वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ। “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर … Read more

चन्द्रगढी उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं– काठमाडौंबाट झापाको चन्द्रगढीका लागि उडान भरेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान १० बजेर ३७ मिनेट जाँदा चन्द्रगढीका लागि उडेको बुद्ध एयरको बीएचए ९५३ उडान नम्बर भएको विमान बिहान ११ बजेर १५ मिनेटमा काठमाडौंमा आकस्मिक अवतरण भएको हो । काठमाडौंदेखि ४३ नटिकल माईल पूर्व पुग्दा बायाँ ईन्जिनमा … Read more

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको जनाएको छ ।साउनदेखि मंसिरसम्म जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण प्रहरीले सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जंगली जनावरको आक्रमणबाट ५ महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् । जंगली … Read more

एमाले केन्द्रीय समिति बैठक जारी

२२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् । प्रतिवेदनमाथि आइतबार … Read more

माघेसंक्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं। माघेसंक्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो। विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ। टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार … Read more

पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

नवलपरासी, पुस २२- पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको कारागारमा हाल … Read more

पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौंडा), पुस २२- यहाँको हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरिटार रंगशालाभित्र ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ। अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया … Read more

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या

काठमाडौँ, पुस २२- त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन … Read more