एमाले सचिवालय बैठक सुरु

काठमाडौं, पुस १८ गते ।  नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक बिहीबार दिउँसोबाट सुरु भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी सचिवालयले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक … Read more

राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

काठमाडौं, पुस १८ गते ।  प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्‍याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो … Read more

पर्यटन क्षेत्रको समृद्धिमा निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि  तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए । मन्त्री पाण्डे भने,  ‘पर्यटन क्षेत्रका समस्या देखि … Read more

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली (नुवाकोट), पुस १८- जिल्लाको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको मध्येविन्दु एवं सङ्घीय राजधानी काठमाडौँबाट ३६ किलोमिटरको दूरीमा रहेको घ्याङस्वारा दुई हजार दुई सय मिटर उचाइमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृष्यको अवलोकनका लागि अहिले हिउँदयामको समयमा पर्यटकको आगमन बढेको हो । … Read more

माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको फाइल खोज्ने बिषयलाई धम्कीको बिषय बनाउन नहुने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षीबीच भ्रष्टाचारको फाइल खोल्ने बिषयमा आरोप प्रत्यारोप भएको देखिएकाले यसलाई धम्कीको बिषय बनाएका हुन्। उहाले भष्ट्राचारका कुन कुन फाइल खोल्ने भन्ने बिषयमा सहमति नै गरि … Read more

माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पुन पनि सहभागी भएका हुन्। स्थायी समिति बैठकमा पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुने बताइएको छ।

दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट भोलिदेखि

चितवन, पुस १८– दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार)देखि सुरु हुँदैछ । भरतपुर महानगरपालिकाको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा विहान ९ः३० बजेदेखी प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खडकाले संयुक्त रुपमा गर्ने कार्यक्रम छ । प्रतियोगितामा … Read more

श्रद्धाञ्जली अर्पण गर्दै गायक परियारले लेखेः कुनै बालबालिकाले सचिनको नियति भोग्न नपरोस्

काठमाडौँ, पुस १८- गायक शिव परियारले बाल गायक सचिन परियारको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जाल मार्फत गायक शिव परियारले श्रद्धाञ्जली अर्पण गरेका हुन् । गायक शिव परियारले लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’ … Read more

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक, पुस  १८ गते । सिन्धुपाल्चोकको माझीटार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार दिउँसो ४.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका विज्ञहरूले यो भूकम्पलाई सानो भूकम्प मानिए पनि यसको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको बताएका छन्। भूकम्पबाट कुनै … Read more

शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको नुवाकोटको शेरा दरबारबारे गम्भीरताका साथ अध्ययन भइरहेका बताएका छन् । संघीय संसद्को राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले शेरा दरबार गैरकानूनी रूपमा व्यक्तिको नाममा गएको भए फिर्ता हुने बताए । ‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रूपमा गएको छ … Read more