राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ

काठमाडौँ, पुस १७- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो । राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान … Read more

‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’

गण्डकी, पुस १७- सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप … Read more

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

गण्डकी, पुस १७- पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै … Read more

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड

महोत्तरी, पुस १७- अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू अङ्ग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् । धार्मिक स्थलका साथै जनकपुरधाम पर्यटकीय नगरीसमेत हो । जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरूको भीड छ ।

मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि

भैरहवा, पुस १७ गते । मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री जाने कार्यक्रम तय भए पनि उहाँ व्यस्त हुनु भएपछि अर्थमन्त्री पौडेलले उदघाटन गर्नुहुने आयोजकले जनाएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा आजदेखि बुटवलमा … Read more

काठमाडौंको वसन्तपुरमा मनाइयो नेपाली टोपी दिवस

काठमाडौं, पुस १७ गते ।  जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र … Read more

कालीगण्डकी कोरिडोर : माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

म्याग्दी– मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग … Read more

सर्वोच्च बार निर्वाचन : न्यायपालिका सुधार र छिटोछरितो न्याय मुख्य एजेण्डा

१७ पुस, काठमाडौं । न्यायपालिकामा हुने राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, छिटोछरितो न्यायसम्पादन हुनुपर्ने र अड्डाअदालतमा देखिएका विकृति विसंगति घटाउनुपर्ने एजेण्डा सहित सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ नेतृत्व प्रक्रिया सुरु भएको छ । नेतृत्व सहित दुई वर्षको कार्यसमिति चयनका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहमा विभाजित कानून व्यवसायीहरुले यसपालिको नेतृत्व चयनका लागि न्यायपरिषद् … Read more

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

काठमाडौं। संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको पेसी बुधारका लागि संवैधानिक इजलासमा तोकिएको छ। अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीशहरु हरि फुयाल, मनोजकुमार … Read more

भारतको गुजरातमा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गयो

काठमाडौँ, पुस १७- भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो । आगलागीमा परेर चार जना कामदारको ज्यान जानुका साथै एक जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । घाइतेलाई … Read more