आज पाँच जिल्लामा रास्वपाको भेला

२२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले आज पाँच जिल्लामा जिल्ला  भेला आयोजना गरेको छ । जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लाहरूमा रिक्त पदहरूको पदपूर्ति र जिल्ला भित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि भेला आयोजना गरिएको हो । कर्णालीको सल्यान, लुम्बिनीको बाँके, गण्डकीको नवलपुर, बागमतीको … Read more

कपिलबस्तुमा मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

२२ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो । काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई … Read more

सन्दीप जोरा २० रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले सङ्घर्षपूर्ण ब्याटिङ गरिरहेको छ । पहिलो लुम्बिनी लायन्सले १० ओभरमा ५ विकेटको क्षतिमा ५४ रन बनाएको छ । यसलगतै १०.१ ओभरमा सन्दीप जोरा २० रनमा आउट भएका छन् । उनलाई अविनाश बोहराले आउट गरेका हुन् ।

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमिगर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स सामू जितका लागि एक सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनायो । सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय … Read more

नेपालले बिआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैनः रघुवीर महासेठ

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बिआरआईमा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन्। शुक्रबार काठमाडौँमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले बिआरआई परियोजनाबाट नेपालमा बनेका रेल, सडकलगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए। उनले चीन–नेपाल … Read more

आन्द्रेसको शतकमा पोखरा एभेन्जर्सको पहिलो जित, लुम्बिनी स्तब्ध

काठमाडौं । आन्द्रेस गौसको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित दर्ता गरेको हो । लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गरेको हो । यसरी एनपीएलमा १० विकेटको जित हात पार्ने … Read more

पोखराका गौस बने एनपीएलमा शतक बनाउने पहिलो ब्याटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका ओपनर आन्द्रियस गौस शतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले शुक्रबार लुम्बिनी लायन्सविरुद्ध एनपीएलकै पहिलो शतक बनाएका हुन् । एनपीएलमा हालसम्म ११ अर्धशतक बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखराबाट गौसले ५४ बलमै १०० रन बनाए … Read more

समयमै महाधिवेशन गर्न दबाब बढाउँदै शेखर

२१ मंसिर, काठमाडौं । विराटनगरमा पालिका सभापतिहरूको भेला गरेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी संस्थापनमाथि दबाब बढाएका छन् । आगामी वर्ष मंसिरभित्रै १५औं महाधिवेशन गरिनुपर्ने अडानसहित गत १८ मंसिरमा कोइरालाले पालिका सभापतिहरूको भेला गरेका छन् । यो भेलामा ११३ जना पालिका सभापति आएको कोइराला निकट नेताहरूको दाबी छ । यद्यपि संस्थापन पक्षले यो … Read more

पोखराका आन्द्रेस गौसले २० बलमा पूरा गरे अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपीएलकै कम बलमा अर्धशतक पूरा गरेका छन् ।उनले २० बलमै अर्धशतक पुरा गरेका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् । गौस र दिनेश खरेलले पोखरालाई शानदार सुरुआत दिलाएका छन् ।

भुटानी नरेश स्वदेश फर्किए

भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार स्वदेश फिर्ता भएका छन्। उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन्। आज बिहान अनौपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्।