राष्ट्रपति रामचन्द्र पौडेलले ओली, देउवा र प्रचण्डसगँ छलफल गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । पौडेलले (आज) मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दिउँसो ३ बजे छलफल हुने राष्ट्रपतिको … Read more

उवासंघ चितवनको अध्यक्षमा चिरञ्जीजी सुवेदी सहित पदाधिकारीको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा चिरञ्जीवी सुवेदी नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । भरतपुरमा आज(मंगलबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सुवेदीले आफ्नो समुहको पदाधिकारीको उम्मेद्वारी घोषणा गरेका हुन् । सुवेदी संघको वरिष्ठ उपाध्यक्ष हुन् । सुवेदी समुहबाट वरिष्ठ उपाध्क्षमा हालका उपाध्यक्ष राजेन्द्र ओली, उपाध्यक्षमा अकोश अधिकारी, नारायण प्रधान र राजन पियाले उम्मेदवारी दिने घोषणा … Read more

सुनको मूल्य हालसम्मकै उच्च , तोलामा ५ हजार ५ सय बढ्यो

अघिल्लो दिनदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कायम भएको थियो । यस्तै,चाँदीको भाउमा पनि केही दिनदेखि नै … Read more

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने … Read more

बीपीएल खेल्न बंगलादेश उडे सन्दीप

बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश गएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भएर सन्दीप बंगलादेश गएका हुन् । यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका छन् । लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन् । यसअघि उनी २०१९ मा सिलेट टाइटन्समा अनुबन्ध भएका थिए ।

निर्वाचन ७२ दिन बाँकीः यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका … Read more

रवि र बालेनबीच ५ घण्टा भेटवार्ता, चुनावी तालमेल र सहकार्यबारे के-के भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति भेटवार्ता भएको छ। कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको यो छलफलले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ। सोमबार साँझ ८ बजे सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म अर्थात् करिब ५ घण्टा चलेको थियो। राति अबेरसम्म चलेको … Read more

रेवान सौराहाको अध्यक्षमा शम्भुप्रसाद माली चयन

रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको अध्यक्षमा शम्भुप्रसाद माली चयन भएका छन् । सो संस्थाको १९ औ वार्षिक साधारण सभा तथा १० औ अधिवेशनले मालीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा कुमार जोशी, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद खतिवडा, तृतीय उपाध्यक्षमा पुरुषोत्तम लामिछाने, महासचिवमा नवीन नेपाल, कोषाध्यक्षमा रोजनाथ पाठक, सचिवमा रामकुमार गुरौं र … Read more

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अहिले ओली र देउवाबीच भेटवार्ता भइरहेको नेकपा एमालेका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।

देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने

हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तथा मोक्षस्थलका रूपमा मानिने प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते बृहत् कार्यक्रमको आयोजना गरी देवघाटधामलाई औपचारिक रूपमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । त्रिशूली, कालीगण्डकी र नारायणी नदीको संगमस्थल देवघाटधामलाई हिन्दू शास्त्रमा विशेष पुण्यभूमि मानिन्छ । यहाँ स्नान, … Read more