भुटानी नरेशले नेपालमा बिताउँदै छन् केही घन्टा

काठमाडौँ- भुटानका नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुक मंसिर २१ गते काठमाडौं आउने भएका छन्। उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। केवल केही घन्टाका लागि। विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।  उनी केही घन्टाका लागि मात्र आउने भएकाले नजिकैका बौद्ध … Read more

चितवनमा रवि समर्थकले पुन: सुरु गरे नारावाजी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीच मुठभेड भएपछि चितवन तनावग्रस्त बनेको छ। जिल्ला प्रहरी कार्यलय अगाडि आएका रास्वपा समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि मुठभेडको अवस्था सिर्जना भएको हो। प्रहरीले उग्र बनेपछि प्रदर्शन नियन्त्रणमा लिन लाठी चार्ज, पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारी तितरवितर भएका थिए। तर, फेरी प्रदर्शनकारीले प्रहरी … Read more

टुँडिखेलमा एकजना मृत फेला, चक्कु र रगतको ताल पाएर अनुसन्धान सुरु

काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजको बायाँ हातको साइडमा … Read more

कुलमान नभएको मौकामा ऊर्जामन्त्रीको उटपट्याङ, विद्युत् प्राधिकरणमै आफ्नो कार्यकक्ष बनाई आफैँ बस्न थाले

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणमै आफ्नो कार्यकक्ष बनाएका छन्। विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री हुने भए पनि पहिलो पटक कार्यकक्ष बनाई आफैँ बस्न थालेका हुन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थलमा पुगेको समयमा मन्त्रीले आफ्नो कार्यकक्ष स्थापना गरी प्राधिकरणमै बस्न थालेका छन्। प्राधिकरणको नेतृत्वप्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले कुलमानलाई … Read more

राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल आज बिहान अस्पताल भर्ना भएका थिए । उनको अवस्था सामान्य रहेको शिक्षण अस्पताल, महाराजगञ्जले जानकारी दिएकाे छ ।

जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक

सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासुु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै  आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा … Read more

चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप,दुई दर्जनबढि घाइते

चितवन,मंसिर १९- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो। रास्वपा समर्थक … Read more

सरकारी गाडीमा गाँजा, हवाई फायरमार्फत नियन्त्रणमा

इटहरी- सुनसरीमा सरकारी नम्बर प्लेटको स्कारपिओलाई हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ। मंगलबार साँझ धरान १३ बाट हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाकाअनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ … Read more

काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। मंगलबार राति काठमाडौं महानगरपालिका-१४ खसिबजारस्थित सडकमा बा.प्र.०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको हो।दक्षिणकाली नगरपालिका-१ खहरे निवासी ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई बयोधा अस्पताल, बल्खुमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।मोटरसाइकल … Read more

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ – स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन … Read more