बालेनले गराए काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो … Read more

संघीयताको सफल कार्यान्वयनसँग मुलुकको समृद्धि जोडिएको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक संघीय प्रणालीमा गएकोमा अब यसको सफल कार्यान्वयन हुनुपर्ने बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा ज्ञवालीले उक्त धारणा राखेका हुन्। संघीयताको सफल कार्यान्वयन भएमा मुलुकले समृद्धिसमेत हासिल गर्न सक्ने उनको भनाइ छ। ‘मुलुक संघीताको अभ्यासमा छ। तीन तहका सरकार छन्। तीनै तहका सरकारका आफ्ना … Read more

घण्टाघर घडीमा स्वचालित दम

काठमाडौँ, मङ्सिर १८ गते । त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ । यो चासो अब भने साम्य भएको छ, अर्थात् क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी पुनर्निर्माणपछि पनि पुरानै स्वरूपमा रहने छ तर अहिले जस्तो … Read more

प्रधानमन्त्री ओली र चिनियाँ स्थायी कमिटि अध्यक्ष लेजिबिच भेट

काठमाडौं, मङ्सिर १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले केहीबेर अघि अध्यक्ष लेजिसँग ग्रेट हल अफ पिपलमा भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता … Read more

सुख्खायाममा प्राधिकरणले विद्युत माग पूरा गर्न सक्दैन : निर्देशक घिसिङ

काठमाडौं, मङ्सिर १८ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । साथै उहाँले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको जानकारी दिनुभयो । ‘‘सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न … Read more

एनपीएलमा पोखराको विजोग,चितवनबिरुद्ध ६ विकेट गुमाएर ७ रन जोड्यो

चितवन,मंसिर १८- नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लगातार विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिलो ओभरमै तीन विकेट गुमाएको पोखराले चौथो ओभरमा रिजन ढकालले थप तीन विकेट लिएका हुन् । पहिलो ओभरमा चितवनका सोहेल तानबिरले पोखराका कप्तान कुशल भूर्तेल, बास डे लीडे र दिलीप नाथलाई आउट गरेका … Read more

चितवन राइनोजका तानबिरले पहिलो ओभरमै लिए तीन विकेट

काठमाडौं,मंसिर १८- नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवन राइनोजका सोहेल तानबिरले तीन विकेट लिएका हुन् । पोखराका कप्तान कुशल भुर्तेल र बास डे लिड गोल्डन डकआउट भए भने दिलीप नाथ ४ रनमा आउट भए । चितवनले दिएको १६२ रनको लक्ष्यमा … Read more

बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

पाँचथर, मंसिर १८- बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् । गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई रु रु तीन … Read more

भारतमा पहिरोमा फसेका चारवटा शव फेला

नयाँदिल्ली, मङ्सिर १८ गते । भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि आएको पहिरोले एउटा आवासीय भवनमा ढुङ्गा खसेको थियो, जसमा सात जना फसेका थिए । अधिकारीहरूले सोमबार ठुला चट्टानहरूले स्क्यानिङ मेसिनहरूलाई फसेका मानिसहरूलाई पत्ता लगाउन … Read more

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनायो। पावरप्लेमा चितवनले ३ विकेट गुमाउँदै ५० रन बनाएको थियो। त्यसपछि चितवनको स्कोर उकास्न चौथो विकेटका लागि … Read more