अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छः मन्त्री पौडेल

चितवन, मंसिर १२- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उहाँले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राख्नुभयो । अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री … Read more

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल

काठमाडौं, मङ्सिर १२ गते । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले बालुवाटारमा प्रधामन्त्रीलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा … Read more

ऋणको भार नथपिने गरी बीआरआई कार्यान्वयनमा लगौं : कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट ऋणको भार नथप्ने गरी अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ।बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि उक्त कुरा बताएका हुन्। ‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो। बीआरआईअन्तर्गतको … Read more

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ, मंसिर १२- ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि … Read more

महोत्तरी र पर्साका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

१२ मंसिर, काठमाडौं गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन् ।मन्त्री लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन् । कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई … Read more

स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्था र प्रभावकारी बनाइने बताएका छन् । बुधबार चितवनमा आयोजित कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय बलबहादुर श्रेष्ठको १२ औं स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अझै पनि स्वास्थ्य बीमा कार्यक्रम पूर्ण हुन नसकेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए । कडा रोग लागेका बिरामीहरूलाई १ … Read more

एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन

काठमाडौँ । नेकपा एमालेले दरबारमार्गमा कार्यक्रम गर्दा जथाभाबी फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवानाको निर्णय गर्‍यो । उक्त जरिवानाको एमालेले विरोध गर्दै आएको छ भने काठमाडौँ महानगरपालिकाले कुनै पनि हालतमा तिर्नुपर्ने अडान लिँदै आएको छ । सोहीअनुसार महानगरको टोली जरिवानासम्बन्धी पत्र बुझाउन पार्टी कार्यालय च्यासल पुगेपनि एमालेले बुझ्नै मानेन … Read more

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, मङ्सिर १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभएको छ । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले काठमाडू … Read more

चितवन राइनोजले आफ्ना समर्थकलाई निःशुल्क बस सेवा दिदैँ

काठमाडौँ, मंसिर १२- एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । आफ्नो खेल हुने दिनमा एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बसको सेवा दिने भएको हो । यो सेवा लिनका लागि चितवनको खेलको टिकट काटिसकेको हुनुपर्ने छ । चितवनले आफ्नो पहिलो खेल मंसिर १७ … Read more

संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा

विराटनगर, मंसिर १२ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँगको भेटघाटमा उहाँले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताउनुभयो … Read more