बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

पाँचथर, मंसिर १८- बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् । गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई रु रु तीन … Read more

भारतमा पहिरोमा फसेका चारवटा शव फेला

नयाँदिल्ली, मङ्सिर १८ गते । भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि आएको पहिरोले एउटा आवासीय भवनमा ढुङ्गा खसेको थियो, जसमा सात जना फसेका थिए । अधिकारीहरूले सोमबार ठुला चट्टानहरूले स्क्यानिङ मेसिनहरूलाई फसेका मानिसहरूलाई पत्ता लगाउन … Read more

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनायो। पावरप्लेमा चितवनले ३ विकेट गुमाउँदै ५० रन बनाएको थियो। त्यसपछि चितवनको स्कोर उकास्न चौथो विकेटका लागि … Read more

ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानुन अपनाउने

ब्रसेल्स (बेल्जियम), मङ्सिर १८ गते ।  युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनी सदस्य राष्ट्रहरूबिच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानुन पारित गरेको छ । उक्त नयाँ कानुनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ईयुको तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् । … Read more

‘पुष्पा २’ लाई नेपालमा ५९१ शो, ३ करोड बढी ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ४२० थ्रीडी र १७१ टुडी संस्करणका शोसहित बिहीबारदेखि यो फिल्म नेपालमा रिलिज हुँदैछ । फिल्मले पहिलो दिनमा कुल ५९१ शो पाएको छ । यो शो संख्या नेपालमा कुनै फिल्मले पाएको अहिलेसम्मकै सर्वाधिक संख्या हो … Read more

बीबीसीद्वारा १०० महिला छनौट, नेपालकी शिलशिला परिन्

बीबीसीले सन २०२४ सालको उत्कृष्ट १०० महिलाको सूचि सार्वजनिक गरेको छ।  विश्वभरका १०० प्रेरणादायी र प्रतिभाशाली महिलाको सूची सार्वजनिक गरेको हो। यसमा पर्यावरण, संस्कृति र शिक्षा, मनोरञ्जन, खेलकुद, राजनीति, वकालत, विज्ञान, स्वास्थ्य र प्रविधि जस्ता क्षेत्रमा रहेर योगदान पुर्‍याएका महिलाहरु समावेश छन्। सूचीमा परेका सबै महिलाहरुले आफ्नो क्षेत्रबाट समाज तथा विश्ववलाई नै सकारात्मक योगदान दिएका … Read more

राम्रो गर्न सकिनँ, यो ‘पार्ट अफ लाइफ’ हो :विराटनगर किंग्सका कप्तान लामिछाने

काठमाडौं, १८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा आफ्नो टिमले सुरुवात राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा सुदूरपश्चिम रोयल्ससँग हार्नुपरेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बताएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलपछि कप्तान लामिछानेले प्रतिक्रिया दिँदै आउने खेलमा थप सुधार गर्दै जानुपर्ने देखिएको बताए। ‘आज जसरी सुरुवात गरेका थियौँ, त्यसलाई … Read more

एनपीएलमा बेटिङ खेलाएको आरोपमा त्रिवि मैदानबाट चारजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् । उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए । उनीहरू सबैलाई कीर्तिपुरस्थित … Read more

यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्‍यो १२३ रनमा अलआउट

एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा आउट गरेको छ। युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो। अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।त्यसअघि नेपालले … Read more

आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै

धनुषा – कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो । खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति … Read more