धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कावा प्रधानमन्त्री सिंह

रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार अघि बढ्नुपर्ने धारणा राखेका छन्।उपप्रधान एवं सहरी विकास मन्त्रीसमेत रहेका सिंहले मंगलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढिमाई मेला महोत्सवलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पूर्खाको ठूलो योगदान … Read more

कुन-कुन विषय समेटेको छ कर्णालीको दोस्रो पञ्चवर्षीय योजनाले?

कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना ल्याउँदै छ। योजना सार्वजनिक गर्ने अन्तिम तयारीमा आयोग छ। कर्णाली प्रदेशको दुरगामी सोचसहितको विकासको अवधारणा तयार गर्ने उद्देश्यका साथ २०७५ सालमा गठन भएको प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मका लागि पहिलो पञ्चवर्षीय योजना ल्याएको थियो। आयोगले अहिले ल्याउन लागेको दोस्रो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८१/०८२ … Read more

नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा

 भर्जिनिया ।  महिनौँदेखि अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको गएको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ । नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा … Read more

बालेनले गराए काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो … Read more

संघीयताको सफल कार्यान्वयनसँग मुलुकको समृद्धि जोडिएको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक संघीय प्रणालीमा गएकोमा अब यसको सफल कार्यान्वयन हुनुपर्ने बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा ज्ञवालीले उक्त धारणा राखेका हुन्। संघीयताको सफल कार्यान्वयन भएमा मुलुकले समृद्धिसमेत हासिल गर्न सक्ने उनको भनाइ छ। ‘मुलुक संघीताको अभ्यासमा छ। तीन तहका सरकार छन्। तीनै तहका सरकारका आफ्ना … Read more

घण्टाघर घडीमा स्वचालित दम

काठमाडौँ, मङ्सिर १८ गते । त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ । यो चासो अब भने साम्य भएको छ, अर्थात् क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी पुनर्निर्माणपछि पनि पुरानै स्वरूपमा रहने छ तर अहिले जस्तो … Read more

प्रधानमन्त्री ओली र चिनियाँ स्थायी कमिटि अध्यक्ष लेजिबिच भेट

काठमाडौं, मङ्सिर १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले केहीबेर अघि अध्यक्ष लेजिसँग ग्रेट हल अफ पिपलमा भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता … Read more

सुख्खायाममा प्राधिकरणले विद्युत माग पूरा गर्न सक्दैन : निर्देशक घिसिङ

काठमाडौं, मङ्सिर १८ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । साथै उहाँले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको जानकारी दिनुभयो । ‘‘सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न … Read more

एनपीएलमा पोखराको विजोग,चितवनबिरुद्ध ६ विकेट गुमाएर ७ रन जोड्यो

चितवन,मंसिर १८- नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लगातार विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिलो ओभरमै तीन विकेट गुमाएको पोखराले चौथो ओभरमा रिजन ढकालले थप तीन विकेट लिएका हुन् । पहिलो ओभरमा चितवनका सोहेल तानबिरले पोखराका कप्तान कुशल भूर्तेल, बास डे लीडे र दिलीप नाथलाई आउट गरेका … Read more

चितवन राइनोजका तानबिरले पहिलो ओभरमै लिए तीन विकेट

काठमाडौं,मंसिर १८- नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवन राइनोजका सोहेल तानबिरले तीन विकेट लिएका हुन् । पोखराका कप्तान कुशल भुर्तेल र बास डे लिड गोल्डन डकआउट भए भने दिलीप नाथ ४ रनमा आउट भए । चितवनले दिएको १६२ रनको लक्ष्यमा … Read more