रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

भैरहवा, मंसिर १२- रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । आज यहाँ आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौँ विश्वविद्यालय (कन्सल्टेन्सी विभाग) का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर … Read more

चलचित्रमा फर्किएका पुराना अभिनेत्री

काठमाडौँ, मंसिर १२- अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गर्नुभयो । चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि चलचित्रमा पुनरागमन गर्न सफल भए … Read more

इजरायल र हिजबुल्लाहले स्वीकारे द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्ताव

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारीमूलक समाचार सम्प्रेषण गरेका हुन् ।   बाइडेनले एक्समा लेखेका छन् ‘आज, मसँग मध्य पूर्वका लागि राम्रो समाचार छ, मैले लेबनान र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी यस्तो घोषणा गर्न पाउँदा खुसी छु उनीहरूले … Read more

बाढीपहिरोको दुई महिना : सुरक्षित बासस्थानको माग गर्दै पीडित

काभ्रेपलाञ्चोक – बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् । बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित बासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । पाँचबुँदे ज्ञापनपत्रमार्फत बाढीपहिरोमा परी दुई … Read more

तमिलनाडुमा भारी वर्षा, विद्यालयहरू बन्द गर्न आदेश

काठमाडौँ – भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावनाका कारण धेरै जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ।प्रशासनले चेन्नई र वरपरका जिल्लाहरूमा विद्यालयहरू बन्द गर्न आदेश दिएको छ। भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी बन्ने सम्भावना रहेको छ ।समाचार एजेन्सी एएनआईका अनुसार बुधबार यो दबाब उत्तरपश्चिमतर्फ सर्नेछ र … Read more

कीर्तिपुर नगरपालिका उपनिर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार

काठमाडौं। यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन्। कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानको ७२ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। त्यसैले यहाँ सबै … Read more

अर्थ लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौँ नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ । बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको हो । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने प्रस्ताव गरेका थिए । बोर्डका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका … Read more

डेडिकेटेड/ट्रंक लाइन विवाद : उद्योगको बिजुली नकाटेरै बक्यौता असुल्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा रहेका उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ।विद्युत् नियमन आयोगले उद्योगको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएकोमा बोर्डले सोही अनुरुप निर्णय गरेको हो। बोर्डले गरेको उक्त निर्णयमा दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको बताइएको छ।

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

चितवन, मंसिर १२- भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा।कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताउनुभयो । उहाँले … Read more

नेशनल मेडिकल कलेज सम्मानित

काठमाडौँ । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजलाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान गरिएको छ ।मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो … Read more