कस्तो रहला शुक्रबार देशभरको मौसम?

काठमाडौं। देशमा उत्तर-पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।साथै भारतको बिहारको तल्लो वायुमण्डलमा कमजोर निम्न चापिय प्रणाली अवस्थित देखिन्छ। हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक वा दूई स्थानमा भने हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशका … Read more

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

दमौली। मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ। आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो। मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो। हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ। पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र … Read more

राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको छ। सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ। दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली … Read more

कस्तो रहला बिहीबार देशभरको मौसम?

काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई … Read more

एकैठाउँमा धेरैबेर बसेर काम गर्दा पनि मुटु रोग लाग्ने

काठमाण्डौं। दिनभरि एकै ठाउँमा बसिरहँदा मुटुको रोगको उच्च जोखिममा परिने एक अध्ययनले देखाएको छ । नयाँ अध्ययनका अनुसार फुर्सदको समयमा वर्कआउट नै गरेपनि यसरी दिनभर बस्दा मुटुको रोग लाग्ने खतरा रहन्छ । आफूले फेला पारेका तथ्यहरूले शारीरिक रुपमा सक्रिय भए वा नभएपनि अत्यधिक बसाई सकेसम्म टार्नु पर्छ भन्ने मै जोड दिएको अध्यनका लेखक बोष्टनको ब्रिघम … Read more

सम्मान र पुरस्कारले उत्साहित पूजा

महोत्तरी। यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ। हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु-१९ महिला टी-२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ। काठमाडौं हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवाना पुगेकी पूजालाई … Read more

फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य

काठमाडौं–  फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरिएको छ ।  नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै उक्त नियमका विषयमा  जानकारी दिएको हो । फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि  डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।  फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा … Read more

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ। चार महिनामा … Read more

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ, मंसिर ५- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

तीन वर्षपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा

चितवन, मंसिर ५- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार इटालीमा बनेको ‘डिजिटल मेमोग्राफी’ स्वास्थ्य सेवा विभागले … Read more