पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं। पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो। ९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएपछि अस्पताल लगिएको थियो। शुक्रबार उनको डिस्चार्ज भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज पारस शाह लगायत … Read more

हवाई भाडा वृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल

काठमाडौं। अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसँग छलफल गरेका हुन्। हवाई भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेकोलगायतका विषयमा पर्यटनमन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्रीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग … Read more

रत्ननगरमा मंसिर ७ गतेदेखि सांस्कृतिक तथा व्यापार महोत्सव हुने

रत्ननगर,कात्तिक २३- पूर्वी चितवनको रत्ननगरमा यही मंसिर ७ गतेदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव हुन लागेको हो । आयोजकले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी … Read more

सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते

दैलेख– सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन।आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गुराँस गाउँपालिका उपाध्यक्ष शिवा … Read more

ट्रेकिङ गएर फर्कदै थिए नवलपुरका शिक्षक दम्पती, चितवन दुर्घटनामा परेर अस्ताए

भरतपुर,कात्तिक २३- मार्दी हिमालमा ट्रेकिङ गएर फर्किएका शिक्षक दम्पतीले चितवनमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका छन । नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो । उनिहरु तिहार लगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर … Read more

झापाबाट १८ जना जुवाडे पक्राउ

झापा– झापाको शिवसताक्षी नगरपालिका-११ नहर चोक बस्ने ६२ वर्षीय चन्द्रमणी रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा रिमालसमेत १८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ४ लाख ५४ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस … Read more

सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसंघसँग सहकार्य गरिने

काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन्। इजिप्टको कायरोमा जारी ‘वल्र्ड अर्बान फोरम’को कार्यक्रममा आज यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिङ्गर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक … Read more

दुई पटक कारागारबाट भागेर भारत पुगेका विनायकलाई प्रहरीले गोली चलाएर समात्यो

विराटनगर, कात्तिक २३- सुनसरी प्रहरीले कारागारबाट भागेका कैदीलाई गोली प्रहार गरी पक्राउ गरेको छ । दुई पटक कारागारबाट भागेका इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो । विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी … Read more

निरौलालाई सांसदहरूको प्रश्न : अदालतप्रति भरोसा किन डगमगायो ?

काठमाडौँ । सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलालाई सांसदहरूले विभिन्न प्रश्न गरेका छन् । शुक्रवार संसदीय सुनुवाइका क्रममा निरौलालाई सांसदहरूले न्यायालयसँग जोडेर विभिन्न प्रश्न गरेका हुन्। सांसद जीवन परियारले निरौलालाई न्याय दिने प्रक्रियामा कर्मचारीबाट अदालतमा हुने असहयोगलाई कसरी हेर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।  ‘पञ्चायतकालमा समेत अदालतबाट न्याय पाईन्छ विश्वास थियो तर अहिले बहुदल आयो अदालतप्रति … Read more

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

काठमाडौं। गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउदै पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका हुन्। उनले भनेका छन्- ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा … Read more