सरकारलाई गगनको सुझाव : कांग्रेस उपसभापति गुरुङ र एमाले सांसद पोखरेललाई पनि छानबिनमा तानौँ

काठमाडौं-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महसुु हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका हुन्।थापाले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ताका लागि सरकारले काम अघि … Read more

रविलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

काठमाडौँ, कात्तिक १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग गरेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् । ‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन … Read more

ऊर्जा विकासमा सहजीकरण गर्न निजी क्षेत्रको माग

काठमाडौं–  निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् । इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भेटेर सरकारले राखेको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग गरेका हुन् ।  … Read more

ड्रागनखेतीमा जमेका लाहुरेले वार्षिक ५० लाख सजिलैले आम्दानी गर्दै

धरान (सुनसरी), कात्तिक १२- अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उहाँले सोच्नु पनि भएको थिएन । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उहाँ यसको व्यावसायिकखेतीमा क्रियाशील … Read more

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौं : मन्त्री गुप्ता

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन्। आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनले बताएका हुन्। आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ … Read more

‘भ्रष्टाचारविरुद्ध सरकार कठोर छ, शून्य सहनशीलताको नीति अपनाउँछ’

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण-नियन्त्रणबारे शून्य सहनशीलताको नीति अप्नाउने कुरामा प्रष्ट रहेको बताए ।त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा … Read more

रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाउँः रास्वपा सांसद कार्की

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. चन्दा कार्कीले रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेकी छन्। संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा रास्वपा सांसद कार्कीले गृहमन्त्री लेखकसँग त्यस्तो माग राखेकी हुन्। उनले गृहमन्त्रीसमेत भइसकेका लामिछाने भागेर कतै जाने अवस्था नरहेको भन्दै हिरासत बाहिर राख्न अनुरोध गरिन्। उनले भनिन्, … Read more

सत्ताको लेनदेनप्रति कुनै चासो छैनः अध्यक्ष नेपाल

काठमाडौं,कात्तिक १२– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको लेनदेनप्रति कुनै चासो नभएको बताएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन । हामीलाई मतलब छ, राष्ट्र र जनताको हितको । भ्रष्टाचारीको उन्मूलन हामीले चाहेका हौँ । रोजगारी र उत्पादन क्षेत्रको विकास … Read more

अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अख्तियार एन संशोधन विधेयक सरकारको प्राथमिकता  रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो आग्रह गरेका हुन् ।गृहमन्त्री लेखकले अगाडि थपे– ‘यो विधेयकलाई समितिले पनि प्राथमिकता दियोस् भन्ने आग्रह छ । आगामी अधिवेशनमा प्रतिनिधि सभामा पेस हुने वातावरणको लागि आग्रह छ ।’ … Read more

धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकद्वारा चाँदीको सिक्का बिक्री शुरु

काठमाडाैं। धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ। बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए। सुनको असर्फी भने मंगलबार एकदिनमात्रै बिक्री गरिने उनले बताए। बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको … Read more