दुर्व्यसनी छोराबाट आफूलाई बचाउन आमाले घरमै बनाइन् जेल

बैंकक, कात्तिक २८- थाइल्यान्डमा एक वृद्ध महिलाले आफ्नै घरभित्र जेलको कोठा बनाएकी छिन् । लागू पदार्थको दुर्व्यसनी र जुवाडे छोराबाट आफूलाई बचाउन महिलाले यस्तो उपाय अपनाएकी हुन् । २० वर्षसम्म दुर्व्यसनी छोराले के गर्दा भन्ने भयमा बाँचेकी थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वर्षकी महिलाले आफू र आफ्नो छिमेकीलाई जोगाउन कसैले नसोचेको उपाय अपनाएकी छिन् । हालै … Read more

माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड

काठमाडौँ, कात्तिक २८- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य … Read more

पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, कात्तिक २४- पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो । हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो । जसको उप–कप्तानमा अर्जुन कुमाल रहेका छन् । यस्तै, नेपाली … Read more

रास्वपाले भन्योः रविविरुद्धको कारबाही बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ। शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ। रास्वपा बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित … Read more

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले

काठमाडौँ, कात्तिक २४- नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । “द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ … Read more

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ, कात्तिक २४ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार … Read more

विश्वको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, कात्तिक २४ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ । इजिप्टको कायरोमा सम्पन्न वर्ल्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो । नेपालमा सहरी … Read more

६ करोड बढीको अकबरे खुर्सानी बिक्री

तानसेन, कात्तिक २४ गते ।  रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्ष अघिदेखि रिव्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउराली लगायतका … Read more

मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

भद्रपुर– मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१-७२ देखि आव २०८०-८१ सम्मको बरामद भएको हो ।  भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती-खैनी रहेका छन् । निकासीतर्फ … Read more

नेपालकै ठूलो सौर्य विद्युत् परियोजना झापा, सात करोडको सौर्य विद्युत् उत्पादन

झापा, कात्तिक २४- सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताउनुभयो । गत माघ १० गतेदेखि … Read more