डेडिकेटेड/ट्रंक लाइन विवाद : उद्योगको बिजुली नकाटेरै बक्यौता असुल्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा रहेका उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ।विद्युत् नियमन आयोगले उद्योगको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएकोमा बोर्डले सोही अनुरुप निर्णय गरेको हो। बोर्डले गरेको उक्त निर्णयमा दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको बताइएको छ।

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

चितवन, मंसिर १२- भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा।कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताउनुभयो । उहाँले … Read more

नेशनल मेडिकल कलेज सम्मानित

काठमाडौँ । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजलाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान गरिएको छ ।मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो … Read more

बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित

काभ्रेपलाञ्चोक, मङ्सिर १२ गते ।  बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् । बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित बासस्थानसहितको माग गर्दै … Read more

लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छ : डिल्लीराम थारू

काठमाडौं –  मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए । उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार र शिक्षाको आवश्यकता पर्छ ।’ त्यस्तै … Read more

नगरपालिकामा न्यून आय, कर्मचारी धेरै

टीकापुर, मङ्सिर १२ गते । टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षणमा अस्वभाविक रुपमा कर्मचारी प्रस्ताव गरिएको छ । इन्भाइरोन्मेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरंले बुझाएको प्रतिवेदनमा ५०४ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार टीकापुर नगरपालिकामा १८ शाखा, ३२ उपशाखा, १२ वडा, १३ स्वास्थ्य केन्द्र, १ नगर अस्पताल, १ आयुर्वेद औषधालयलगायतका संरचना प्रस्ताव … Read more

रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री

काठमाडौँ,मंसिर १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई परियारले मङ्गलवार बिहान सिंहदरबारमा भेटेका हुन् । ‘सन्तोषजीले मङ्गलवार बिहान सिंहदरबार आएर प्रधानमन्त्रीज्यूलाई भेट्नुभएको हो । भेटमा के कुराकानी भयो भन्ने जानकारी भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘निजी काम हो वा पार्टीगत भन्ने उहाँलाई नै सोध्नुहोला … Read more

नवनियुक्त सेबोन अध्यक्षसामू चुनौतीका चाङ

काठमाडौं । एक वर्ष लामो रस्साकस्सीपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष पाएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोष नारायण श्रेष्ठलाई सेबोन अध्यक्षमा नियुक्त गरेसँगै धितोपत्र बोर्डले अध्यक्ष पाएको हो। नवनियुक्त अध्यक्ष मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ पनि दिइसकेका छन्। गत वर्ष पुस २० गते बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै उक्त पद रिक्त … Read more

उपनिर्वाचन : बाजुरामा सुरक्षा व्यवस्था कडा

अत्तरिया, मङ्सिर १२ गते । सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यहि मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याइ सकेको जानकारी दिनुभयो ।  ‘‘निर्वाचन अधिकृतले १३ गतेदेखि मतदानस्थलमा … Read more

धरहराबाट उपत्यका नियाल्ने रहर

काठमाडौं। काठमाडौंमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो। उमेरले ७० वर्ष नाघिसकेका उनलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो। छोरीलाई साथमा लिएर उनी सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उनी आश्चर्यचकित बने। … Read more