रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु

८ कात्तिक, पोखरा पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ ।कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए । रवि र छवि दुवै जनालाई अदालत कार्यालय … Read more

ओली सरकारविरुद्ध काठमाडौँमा माओवादीको पहिलो विरोध प्रदर्शन : अन्य प्रदेशमा के-के छन् तयारी ?

काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल रहेका निष्कर्ष निकाल्दै सरकारविरुद्ध शनिवार काठमाडौँमा खबरदारी सभा गर्दैछ ।बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो । तर अन्य प्रदेशमा तिहारअघि विरोध प्रदर्शन वा खबरदारी गर्ने कार्यक्रम नरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले … Read more

पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं–  सहकारीको रकम हिनामिना र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । लामिछानेको म्याद थपसम्बन्धी निवेदन न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा परेको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेमाथि अनुसन्धानका लागि दिइएको म्याद सकिएपछि आज म्याद थपका … Read more

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न संयुक्त राष्ट्रका महासचिव गुटेरेसको आह्वान

काठमाडौँ संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाको लागि आग्रह गरेका छन्। अफ्रिका महादेशको विकास चुनौतीहरू सम्बोधन गर्न अफ्रिकालाई बलियो आर्थिक सहयोग विस्तार गर्ने आवश्यकतालाई उनले जोड दिए। इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयू मुख्यालयमा भएको सम्मेलनको नतिजाबारे अफ्रिकी युनियन (आयोग)का अध्यक्ष मौसा फकी महामतसँगको संयुक्त ब्रिफिङमा गुटेर्रेसले अफ्रिकाले इतिहासमा गहिरो जरा गाडेका … Read more

लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ

लुम्बिनी लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएका तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ गराएका थिए। बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन्। नवनियुक्त मन्त्री तिमिल्सीना र … Read more

जंगीअड्डामा मनाइयो संयुक्त राष्ट्रसंघ दिवस

८ कात्तिक, काठमाडौं  संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । उनले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।समारोहमा … Read more

भरतपुर अस्पताललाई उत्कृष्टता पुरस्कार

भरतपुर,कात्तिक ८- वाग्मती प्रदेशमा सञ्चालित १३ अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको सूचिमा परेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य कार्यालयको कार्यसम्पादनको प्रदेशस्तरीय वार्षिक समीक्षाका आधारमा अस्पताललाई उत्कृष्टता अवार्ड प्रदान गरिएको हो । मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालका निर्देशक डा … Read more

स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

कपिलवस्तु कार्तिक ८ गते कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो । वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० … Read more

जग्गादानविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौँ, कात्तिक ८- मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सुनुवाइका लागि न्यायाधीश डाक्टर नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले जग्गादान गरेका थिए । विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौँको कीर्तिपुर … Read more

रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने

पोखरा, कात्तिक ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको छ।पार्टी उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको हो। गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन गरिराखेको छ।