काठमाडौं–
सहकारीको रकम हिनामिना र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । लामिछानेको म्याद थपसम्बन्धी निवेदन न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा परेको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेमाथि अनुसन्धानका लागि दिइएको म्याद सकिएपछि आज म्याद थपका लागि अदालतमा लगिएको हो ।यस्तै, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई पनि अदालत लगिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।