सुनकोसी नदीमा सेनाले बेलीब्रिज जडान गरेसँगै चल्न थाले गाडी

काठमाडौं, कात्तिक ६- नेपाली सेनाले खुर्कोटस्थित सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ । बेलीब्रिज जडान भएसँगै मंगलबारबाट आवागमन सुचारु भएको छ । “सिन्धुली जिल्लास्थित गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदी माथि रहेको पुल पुनर्निर्माणपछि आजबाट यातायात आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार … Read more

विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

काठमाडौँ, कात्तिक ५- विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको … Read more

परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड

काठमाडौँ, कात्तिक ५- प्रायः परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरुमा गर्ने गरिन्छ । यसलाई कुनै पनि देशको परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता पनि भनिन्छ । धेरै वैदेशिक भ्रमण र ती भ्रमणका क्रममा आफ्ना राष्ट्रिय हित र चासोका मुद्दाहरुमा वार्तालाप गरी आफ्ना पक्षमा कूटनीतिक कौशलता प्रदर्शन गर्नु … Read more

दलका प्रमुख सचेतक र समिति सभापतिसँग छलफलमा सभामुख घिमिरे (तस्बिरहरू)

काठमाडौँ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ  । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन्। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन … Read more

विष्णु रिजालको प्रचण्डलाई सुझावः शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नुस्

काठमाडौं नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारको घरमा बसेर स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाको विरोध गर्न नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै रिजालले गुरुङले एमालेलाई दिएको जग्गाको विरोध गर्नुअघि प्रचण्डले बर्षौंदेखि बस्दै आएको खुमलटारस्थित विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घर … Read more

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको छः प्रचण्ड

काठमाडौं, कात्तिक ५- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो नेतृत्वको सरकारले … Read more

बिश्वका विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनमा सेन्ट्रल ग्रुप,चार महिने यात्रामा अध्यक्ष पौडेल

चितवन,कात्तिक ६- चितवन, नवलपुरमा स्थापित शैक्षिक संस्था सेन्ट्रल ग्रुपले बिश्वका विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनका लागि कार्यक्रम गर्ने भएको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल व्यवसायीक प्रबद्र्धनका लागि मंगलबार युके प्रस्थान गर्नुभएको छ । उहाँले युकेसंगै जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, साउथ कोरिया र युरोपका विभिन्न देशमा चार महिना व्यवसायीक प्रबद्र्धनका कार्यक्रम गर्नुहुनेछ । ‘विश्वका … Read more

संविधान संशोधनको छलफलले लिएन आकार

६ कात्तिक, काठमाडौं नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त सरकार गठन गर्दा दिएको प्रमुख आधार हो– संविधान संशोधन । संविधान प्रारम्भ भएको १० वर्ष भयो । संविधानले नै संघीय संसदले संविधान प्रारम्भ भएको १० वर्षपछि पुनरवलोकन गर्ने भनेको छ । यही व्यवस्थालाई प्रमुख आधार बनाएर कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने … Read more

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप

६ कात्तिक, काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेकोसमेत आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो नेतृत्वको सरकारले … Read more

सुनकोशी नदीको बेलिबिज्र सञ्चालनमा

खुर्कोट (सिन्धुली), कात्तिक ६ गते सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका –६ सेलेघाट जोड्ने सुनकोशी  नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ । खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग (रामेछाप जिल्लातर्फको) असोज १२ गते सुनकोशी  नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० … Read more