दलका प्रमुख सचेतक र समिति सभापतिसँग छलफलमा सभामुख घिमिरे (तस्बिरहरू)

काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ  ।

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन्। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गरेपछि सभामुखले छलफल थालेका हुन् ।

बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ  ।

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन्। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गरेपछि सभामुखले छलफल थालेका हुन् ।

बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन्।

shavamukh chhalphal (1)shavamukh chhalphal (2)shavamukh chhalphal (3)shavamukh chhalphal (4)shavamukh chhalphal (5)shavamukh chhalphal (6)shavamukh chhalphal (7)shavamukh chhalphal (8)

सेयर गर्नुहोस्