जुम्लामा वडाध्यक्षसहित ५ सय ३८ जना माओवादीमा प्रवेश

काठमाडौँ, कात्तिक १०- जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ का निर्वाचित वडा अध्यक्ष धनबहादुर कामी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। स्वतन्त्रबाट उठेर वडाअध्यक्ष जितेका कामी नेतृत्वको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कनकासुन्दरी ६ गोरुचौरमा एक कार्यक्रम गरी पार्टीमा स्वागत गरेका हुन्। कामीसहित वडा सदस्यहरु चनाखी कुलाला र गोल दमाई लगायतका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको … Read more

इरानमाथिको आक्रमण समाप्त भएको इजरायलको घोषणा

काठमाडौँ इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ ।सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ । यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा … Read more

चितवनमा भएको म्याराथन प्रतियोगितामा आर्मीका सञ्जय प्रथम

चितवन, कात्तिक ९- जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको म्याराथन प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ । रोटरी क्लब अफ चितवनले आज आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको म्याराथनमा महिला र पुरुष तर्फ नेपाल आर्मी नै प्रथम भएको हो । पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । अन्तराष्ट्रिय प्रतियोगितामा … Read more

कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एकलाई फिर्ता ल्याइयो

८ कात्तिक, काठमाडौं अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ । नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा रेड नोटिस जारी भएपछि इन्टरपोलको कम्बोडियास्थित एनसीबीले उनलाई डेढ महिना अघि पक्राउ गरेको थियो । अहिले डिपोर्ट गरेर काठमाडौं फिर्ता हुने वित्तिकै उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ … Read more

वातावरण समितिले भरतपुर महानगरभित्रका खानेपानीको मुहान निरीक्षण तथा संरक्षण गर्ने

भरतपुर,चितवन– भरतपुर महानगरपालिका अन्तर्गतको वातावरण समितिले खानेपानीको मुहान निरीक्षण तथा संरक्षणको कार्य सुरु गरेको छ । अध्यक्ष मनोज रानाभाटको नेतृत्वमा समितिले महानगर भित्रका खानेपानीको मुहान निरीक्षण तथा संरक्षणको कार्य सुरु गरेको हो । जसका लागि वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका रानाभाटको अध्यक्षतामा महानगरमा बिहिबार बिहान बैठक बसेको थियो । उक्त बैठकले सरकार र … Read more

राष्ट्रपतिलाई संवैधानिक भूमिका कुल्चन विपक्षीको निम्तो

९ कात्तिक, काठमाडौं विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे। पूर्वनिर्धारित योजना र उद्देश्य बमोजिम उनीहरु शीतल निवास पुगेका हुन् ।विशेष आग्रहका निम्ति शीतल निवास जाने निर्णय भने २ कात्तिकमा भएको थियो । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक राखेका थिए । अघिल्लो दिन, १ … Read more

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौँ, कात्तिक ९ गते बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ । बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली कांग्रेस, लोसपा, जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र … Read more

२५ करोड रुपैयाँ खर्च भए पनि डेंगु सङ्क्रमणबाट हुने मृत्यु शून्यमा झर्न सकेन

काठमाडौँ देशभर डेंगुको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय २२ हजार ८२ जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । यो वर्ष सरकारले डेंगुबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएर काम गरिरहेको छ । तर यो लक्ष्य प्राप्त हुन सकेको छैन । सरकारले डेंगु नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय तहसम्म २५ करोड रुपैयाँ खर्च … Read more

कोप–२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, कात्तिक ९ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) मा सशक्तरुपमा उठाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय … Read more

‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा

काठमाडौँ, कात्तिक ९- निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओभर द टप (ओटीटी) मा रिलिज भएको छ। यो फिल्म ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको छ।एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्। घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज भएको यस फिल्मले दर्शकबाट … Read more