रास्वपा काठमाडौँ फर्किएपछि सहकारी पीडितले घोषणा गरे ‘निर्णायक आन्दोलन’

काठमाडौँ पोखरा केन्द्रित आन्दोलनलाई छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ केन्द्रित आन्दोलन थालेकै दिन सहकारी पीडितहरूले समेत आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले मंसिर ५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो । महासंघले अहिले आन्दोलन गर्नुपर्ने दुईवटा कारण रहेको जनाएको छ । पहिलो, सहकारी पीडितलाई मोहरा बनाएर पार्टीगत आन्दोलन … Read more

१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)

९ कात्तिक, काठमाडौं गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख … Read more

‘देउवाले रविलाई प्रधानमन्त्री अफर गर्दा हामीले ओलीलाई विश्वास गरेछौँ’

काठमाडौं – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत सरकारले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान थालेपछि रास्वपा सडक आन्दोलनमा ओर्लिएको छ । आखिर अदालती प्रक्रियाबाट टुंगो लाग्नुपर्ने विषयलाई लिएर सडकमा आन्दोलन किन ? यो प्रश्न रास्वपा नेताहरुतिर सोझिएको छ । यही प्रश्नको जवाफ खोज्नका लागि हामीले काठमाडौं र पोखराको सडक आन्दोलनमा सक्रिय … Read more

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’

काठमाडौँ, कात्तिक ९ गते  ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । करिव ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ७० लाखको फूल एवम् नर्सरी सामानको बिक्री वितरण हुने जनाइएको छ … Read more

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

काठमाडौं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन्। सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको बताउँदै उनले अब कोही पनि ठगहरू राज्यको … Read more

सरकार पूरा कार्यकाल चल्छ : सभापति देउवा

काठमाडौँ, कात्तिक ९ गते  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । सभापति देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताउनुभयो । सभापति देउवाले सबै किसिमबाट … Read more

मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौँ, कात्तिक ९ गते  मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय … Read more

धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

९ कात्तिक, काठमाडौं काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक … Read more

बाबुरामको प्रश्न-पूर्व माओवादीहरु किन एक ठाउमा आउने?

काठमाडौं डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु किन एक ठाउमा आउने भन्दै पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्। सामाजिक सञ्जालमा एक लामो पोष्ट लेख्दै बाबुरामले सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने भन्दै अर्को जनयुद्ध गर्न या भोजभतेर गर्न या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन भन्दै यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो? … Read more

रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार गरेको भन्दै रास्वपाले उजुरी गर्ने भएको छ । अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए ।  उनले खबरहबसँग भने, ‘हामी अहिले नै आयोगमा उजुरीका लागि जाने भएका छौँ । थप कुरा पछि आउँछ ।’ न्यौपाने अहिले रास्वपा पार्टीका साधारण सदस्य … Read more