पार्टीलाई दिएको जग्गाबारे भ्रम नछरौं : महासचिव पोखरेल

कोहलपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गर्नुभएको छ । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो आग्रह गर्नुभएको हो । व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको उहाँको भनाइ छ । … Read more

विपद्मा जनतालाई आशा दिन सक्नुपर्छः सभापति खतिवडा

काठमाडौँ प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित हुन तीन तहकै सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले विपद् प्रभावित १६ जिल्लाका ७२ स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा निर्धारित समयभित्रै पुनःनिर्माण … Read more

कांग्रेसको सय दिने अभियान कहिलेबाट सुरु हुन्छ ?

काठमाडौं नेपाली कांग्रेसले ३० असोजसम्म स्थगित गरेको ‘सय दिने विशेष अभियान’ पुनः सुरु गर्ने मिति टुंगो लगाएको छैन । ११ र १२ असोजमा आएको वर्षाले ल्याएको विपत्तिका कारणले कांग्रेसले सय दिने अभियान स्थगन गरेको थियो । १३ असोजमा बसेको कार्यसम्पादन समितिको बैठकले कोजाग्रत पूर्णिमासम्मका लागि अभियान स्थगन गर्ने निर्णय गरेको थियो । ७ असोजमा सुरु … Read more

बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो

दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ । यसैले दशैंमा फिल्म लगाउँदा बढी व्यापार हुन्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । यसपालिको दशैंको फूलपातीमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले दशैं … Read more

चार दिनदेखि मन्थलीमा रोकिएका पर्यटकलाई सोलुखुम्बु लान थालियो

रामेछाप- चार दिनदेखि मन्थली-लुक्ला उडान नहुँदा रामेछापको मन्थलीमा रोकिएका पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान रोकिएपछि एक हजार भन्दा बढी पर्यटक मन्थलीमै रोकिएका थिए। सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बिहीबार पनि नखुलेपछि मन्थली रोकिएको पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको रामेछाप नागरिक … Read more

भ्रष्टाचारीलाई कैदबाहिर बस्न दिनेबारे राज्य व्यवस्था समितिमा छलफल

काठमाडौं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरुले शुल्क बुझाएर कारागार बाहिर बस्न दिने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ ।भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तर निश्चित अवधि भन्दा कम कैद सजाय तोकिएकाहरुलाई कैदबाहिर रहन दिनुपर्ने विषयमा राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिमा छलफल भएको हो । ‘अहिलेसम्म अवधिबारे यकिन भइसकेको छैन, तर … Read more

नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री

काठमाडौँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडियाद्वारा आज यहाँ आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उहाँले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री … Read more

प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि

जनकपुर नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका निधिले जनकपुरधाम विमानस्थलमा आज रासससँग कुरा गर्दै भन्नुभयो, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ … Read more

बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् । बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा … Read more

बाढीपहिरो क्षतिः काभ्रेमा छजना बेपत्ता, ७८ को मृत्यु

काभ्रेपलाञ्चोक गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र … Read more