तथ्याङ्क आएलगत्तै अस्थायी आवासको रकम पठाइन्छ’

बनेपा गृहमन्त्री रमेश लेखकले स्थानीय तहहरूले बाढीपहिरोबाट घर पूर्णरुपमा क्षति भएको विवरण पठाएको तीन दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पठाइने बताउनुभएको छ । बाढीपहिरोबाट क्षति भएको जिल्लाको पनौती, बेथानचोक र रोशी क्षेत्रको अवलोकन गर्नु आउनुभएका गृहमन्त्री लेखकले स्थानीय तहबाट घर पूर्ण क्षति भएको सिफारिस गरेको तीन दिनभित्र अस्थायी आवास निर्माणको लागि पहिलो … Read more

दसैँमा पनि वर्षाको सम्भावना छः मौसमविद्

काठमाडौँ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ। महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो । “यसपटक मनसुन बाहिरिने … Read more

ठूला होटेलमै उपभोक्ता हितविपरित गतिविधि, धमाधम जरिबाना

काठमाडौं नेपालका ठूला र अग्रणी होटेलमै उपभोक्ता हितविपरीत गतिविधि हुने गरेको पाइएको छ । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठूला र पाँचतारे होटेलमा अनुगमन बढाएको छ । सो क्रममा म्याद गुज्रिएका सामानको प्रयोगदेखि अत्यधिक मूल्यमा सामान बिक्री गर्ने गतिविधि देखिएको विभागका महानिर्देशक राजन पौडेल बताउँछन् । ‘ठूला होटेल साना व्यवसायीका लागि उदाहरण … Read more

पाँच दिनमा ८९ हजारले लिए आन्तरिक हवाई सेवा

काठमाडौं बाढी पहिरोका कारण सडक मार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ।दसैंको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ १८ सय ९५ उडान … Read more

रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

रामपुर (पाल्पा) रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ । प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि … Read more

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ जनाको मृत्यु

काठमाडौं बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो। नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन्।मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ७० जना रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ … Read more

नारायणगढ-बुटवल सडक मर्मतलाई प्राथमिकता दिन निर्देशन

नवलपुर यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुईपटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो ।  सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुनपुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर–११ का कृष्ण पौडेलले … Read more

३ वर्षको सेवा-सुविधाबापतको १५ लाख बाढीपहिरो प्रभावित पालिकालाई

काठमाडौं  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवा–सुविधाबापत आउने रकम बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका छन् । उनले आफ्नो सेवासुविधाबापत तीन वर्षमा आउने सेवा–सुविधाबापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन् । नगर प्रमुख खरेलले कार्यपालिका बैठकबाट आधिकारिक निर्णय गराएर आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने १५ लाख रुपैयाँ बाढीपहिरोबाट क्षतिग्रस्त जिल्लाका स्थानीय तहहरूलाई राहत स्वरूप सहयोग गर्ने घोषणा गरेको बताए । ‘पाँचखाल नगरभन्दा … Read more

पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने

इलाम झापाबाट ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग इलामको माई खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । इलामको जिरो छेउमा रहेको पेट्रोल पम्प र विल्याँटेस्थित पेट्रोलपम्प हिजोदेखि सवारी साधनलाई तेल दिन छोडेका छन् । मोटरसाइकल तथा साना सवारीमा प्रयोग हुने पेट्रोल दुई दिन यता सक्किएको र डिजेल पनि नभएको पेट्रोलपम्प सञ्चालकले जनाएका … Read more

पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गर्नुभएको छ । उहाँले कार्यपालिका बैठकबाट तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गर्नुभएको हो । खरेलले सोे रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताउनुभयो । “पाँचखालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा … Read more