पोखरामा रास्वपाका नेता-कार्यकर्ताले सहकारीपीडितलाई घरघरमा गएर धम्क्याएको आरोप

कास्की,कात्तिक ७- कास्कीका सूर्यदर्शनसहितका सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघरर पुगेर आफूहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका छन्। सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी रास्वपा नेता तथा कार्यकर्तालाई उक्त आरोप लगाएका हुन्। पीडितहरूले रास्वपासँग १० महिनाअघि नै पार्टी सभापति … Read more

प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्नुहुने

काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउनुहुने र सरकारको आगामी … Read more

बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग

काठमाडौं–  उपचारका क्रममा बिरामीको मृत्यु भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता भएको छ ।  काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका हुन् ।  गत असोज १ गते मुटुको उपचार र … Read more

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

बेरूत (लेबनान), कात्तिक ६ गते ।  लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।लेबनानको सबैभन्दा ठुलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) … Read more

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौँ, कात्तिक ६- सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक … Read more

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

ललितपुर महानगरपालिका वडा नम्बर– ५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो। प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार मितेरी बचत … Read more

बीमा गर्न बाध्य पार्ने कानुन बनाउन भनेका छौं: अध्यक्ष सिलवाल

काठमाडौं, कात्तिक ६- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले आफू ७ प्रदेशका विभिन्न क्षेत्रहरुमा पुग्दा नागरिकमा बीमाबारे जानकारी नै नपुगेको पाएको बताए ।नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा विमित स्वयंले पाउने … Read more

बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडौँ, कात्तिक ६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो । रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई … Read more

बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो। गत असोज ११ गतेदेखि शुरू भएर केही दिनसम्म चलेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो। यस प्रकारको विषम परिस्थितिको सामना गर्दै पीडितहरूको राहतका लागि बैंकले संस्थागत … Read more

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

गलेश्वर (म्याग्दी),कात्तिक ६- चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् । दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी … Read more