बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

ढोरपाटन (बागलुङ), कात्तिक ६- बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो । किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ । बागलुङको तमानखोला, ताराखोला, निसीखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत क्षेत्र आलु उत्पादनका लागि … Read more

बाढी-पहिरोबाट मृत्यु भएका २३८ जनाका परिवारलाई राहत

काठमाडौं गृह मन्त्रालयले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।गत असोजको दोस्रो साता आएको विपद्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति रु दुई लाखका दरले राहत रकम वितरण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म यहाँका प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत … Read more

विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन

काठमाडौं सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन्। सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले सो निर्देशन दिएका हुन्। बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाएको … Read more

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

वीरगञ्ज (पर्सा) कात्तिक ६- यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ । वर्षौदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि … Read more

विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन

काठमाडौँ, कात्तिक ६- सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय … Read more

सुनकोसी नदीमा सेनाले बेलीब्रिज जडान गरेसँगै चल्न थाले गाडी

काठमाडौं, कात्तिक ६- नेपाली सेनाले खुर्कोटस्थित सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ । बेलीब्रिज जडान भएसँगै मंगलबारबाट आवागमन सुचारु भएको छ । “सिन्धुली जिल्लास्थित गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदी माथि रहेको पुल पुनर्निर्माणपछि आजबाट यातायात आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार … Read more

विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

काठमाडौँ, कात्तिक ५- विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको … Read more

परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड

काठमाडौँ, कात्तिक ५- प्रायः परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरुमा गर्ने गरिन्छ । यसलाई कुनै पनि देशको परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता पनि भनिन्छ । धेरै वैदेशिक भ्रमण र ती भ्रमणका क्रममा आफ्ना राष्ट्रिय हित र चासोका मुद्दाहरुमा वार्तालाप गरी आफ्ना पक्षमा कूटनीतिक कौशलता प्रदर्शन गर्नु … Read more

दलका प्रमुख सचेतक र समिति सभापतिसँग छलफलमा सभामुख घिमिरे (तस्बिरहरू)

काठमाडौँ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ  । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन्। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन … Read more

विष्णु रिजालको प्रचण्डलाई सुझावः शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नुस्

काठमाडौं नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारको घरमा बसेर स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाको विरोध गर्न नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै रिजालले गुरुङले एमालेलाई दिएको जग्गाको विरोध गर्नुअघि प्रचण्डले बर्षौंदेखि बस्दै आएको खुमलटारस्थित विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घर … Read more