चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली  कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरूको महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभरि चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो ।  चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको … Read more

कराची विमानस्थल नजिकै ठूलो विस्फोट हुँदा दुई जनाको मृत्यु

कराची – आइतबार राति कराची विमानस्थल बाहिर सडकमा भएको ठूलो विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको र एक विदेशी नागरिकसहित 11 जना घाइते भएको बताइएको छ। शक्तिशाली विस्फोटको पृष्ठभूमिमा द्वन्द्वात्मक विवरणहरू देखा परे, जुन क्लिफ्टनसम्म टाढाको सहरभरि सुनिएको थियो-अधिकारीहरूले यसलाई “आईईडी विस्फोट” भन्दै र गाडी तेल ट्याङ्करसँग ठोक्किएपछि भएको विस्फोटको बिचमा दोलन गरे। प्रहरी र … Read more

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौँ  नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाउनुभयो । प्रधानमन्त्री ओलीले … Read more

सवारी दुर्घटनामा २ प्रहरीको मृत्यु

विराटनगर मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा … Read more

नारायणगढ-मुग्लिन सडकको कालीखोला पुल केही दिनमा नै सञ्चालनमा आउने

चितवन नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोलामा बनेको पुल केही दिनमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।कालीखोलाको ७२ मिटर लामो पुल सञ्चालनका लागि पहुँच मार्ग निर्माणको काम अन्मित चरणमा छ । माकिङ लगायतका कामहरु हुँदैछन् । फूलपातीको दिनसम्म पुल सञ्चालन गर्ने गरी काम अगाडि बढेको सडक आयोजनाका सूचना अधिकारी कष्ण आचार्यले जानकारी दिए ।दशैं अगाडि नाम्सी खोलाको … Read more

गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

काभ्रेपलाञ्चोक गृहमन्त्री रमेश लेखकद्धारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्याएको थियो। … Read more

दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु

झापा केही समयअघि दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ।बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए। बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र … Read more

दाउरा निकाल्ने क्रममा पुलबाट राप्तीमा खसेका १३ वर्षीय बालकको उद्धार

दाङ दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ । खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३ वर्षीय सुधन चौधरीको प्रहरीले उद्धार गरेको हो । इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्रको ज्वालामाई गणको टोलीले बालकको उद्धार गरेको थियो । उनी आइतबार साढे ३ बजे बाढीले … Read more

टिकौली जङ्गलमा दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

नारायणगढ (चितवन) जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल … Read more

सिएमसीमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण

चितवन चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको हो । महिला पत्रकार, … Read more