स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

बार्सिलोना, काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान नभएपछि उनी रेसिडेन्सी कार्ड बनाउने चक्करमा स्पेन छिरेका हुन् । सन् २०२३ डिसेम्बर पहिलो साता धन कमाउने सपना बोकेर रोमानिया त आए । … Read more

पूर्वराजा शाहले विजया दशमीका दिन शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

नयांँ व्यवस्थापन सहित न्यू मामाघर रेष्टुरेण्ट एण्ड थकाली भान्छाघर सञ्चालन

चितवन भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकमा नयांँ व्यवस्थापन सहित न्यू मामाघर रेष्टुरेण्ट एण्ड थकाली भान्छा घर सञ्चालनमा आएको छ । विगत ८ बर्षदेखि सञ्चालनमा आएको उक्त रेष्टुरेण्ट थप संरचना सहित औपचारिक रुपमा बिहीबारबाट सञ्चालनमा आएको हो । रेष्टुरेण्टको उद्धघाटन होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, चितवन होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघका … Read more

भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण हुने

काठमाडौँ, असोज १८ गते । भारत सरकारको अनुदानमा दुई पाइपलाइन परियोजना निर्माण हुने भएका छन् । इन्डियन आयल कर्पाेरेसनका निर्देशक सेन्थल कुमार र नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टबिच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धी सम्झौता भएको हो । दोस्रो चरणको पेट्रोलियम परियोजना अगाडि बढाउन बिहीबार भारतको नयाँ दिल्लीमा बिटुबी फ्रेमवर्क सम्झौता … Read more

राजदेवी मन्दिर डुबानमा

महोत्तरी महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी रामप्रित गिरीले बताए । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ । पानीले … Read more

पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम

धादिङ – पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ ।गत शुक्रबार र शनिबारको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीमा करिब २ किलोमिटर सडक कामै नलाग्ने गरी सुनकोशी र रोशीले बगाएको छ । बीपी राजमार्ग मर्मतसम्भार चलिरहेको अवस्थामा अहिले पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधनको चाप … Read more

चौकीडाँडा–कालखुंगा खण्डमा १२ किलोमिटर सडक बाढीले नष्ट

काठमाडौं । बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको पाइएको छ । यो खण्डको लम्बाई १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले (बासआउट भएको) बगाएको भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहाड काटेर सडक बनाउने अवस्था … Read more

झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत

काठमाडौं धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ। असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए। प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ। मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-१६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका ७ … Read more

नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता

बेइजिङ दुई सयभन्दा बढीको ज्यान जानेगरी हालै नेपालमा गएको भीषण बाढीपहिरोप्रति चीनले सान्त्वना व्यक्त गर्दै सहयोगको आश्वासन दिएको छ। बुधबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाली समकक्षी डा. आरजु राणा देउवालाई सान्त्वना सन्देश पठाएर यस्तो ऐक्यवद्धता जनाएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् । ‘नेपालमा गएको गम्भीर बाढीपहिरोमा परी ठूलो संख्यामा हताहती हुनुका साथै भौतिक क्षति समेत … Read more

‘काठमाडौंदेखि चितवनसम्म सडकमा पहिरो खसिहाले तत्काल हटाउने व्यवस्था मिलाइएको छ’

आज घटस्थापना। दसैं सुरू भएसँगै काठमाडौं उपत्यका छाडेर बाहिरिनेहरूको बसपाकर्कमा भिड लाग्न थालेको छ।गत साता परेको वर्षाका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बिपी राजमार्ग लगायतमा क्षति पुगेको छ। सडकहरू सरकारले मर्मत गर्ने बताइरहेको छ। बिपी राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारी चाप बढ्दो छ। सरकारले बाढीपहिरोका कारण अवरूद्ध सडक खुलाएर दसैँमा नागरिहरूलाई निर्वाध रूपमा घर घर जाने वातावरण … Read more