काठमाडौंमा रोकेर राखिएको कारमा आगलागी

काठमाडौं, कात्तिक ५- काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो। अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको सिआरभी सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले जानकारी दिए।

१० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण बढुवामा सिफारिस

काठमाडौँ, कात्तिक ५- नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा.सुन्दरप्रसाद ह्योजु रहेका छन् । १० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण राणालाई हिजो (आइतबार) बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरिएको छ । किरणसँगै डा.सुन्दरप्रसादको नाम … Read more

संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

५ कात्तिक, काठमाडौं संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अधिकारीहरू भारत … Read more

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ

५ कात्तिक, काठमाडौं बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २ कात्तिकमा मुलपानीबाट पक्राउ गरेको हो ।उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा … Read more

एमालेले भन्योः एमालेको चिन्ता अरुले गर्नुपर्दैन,परीक्षण चुनावले गर्छ

काठमाडौ,कात्तिक ५- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए। सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को … Read more

एउटा पुलले बदलेको सुस्ता

नवलपुर, कात्तिक ५ गते । नेपाली भूमि भएर पनि सुस्ता भन्नेबित्तिकै भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडिरहेको एउटा सानो गाउँ भन्ने बुझिन्छ । यहाँका साढे तीन सय परिवार सधैँभरि सुस्ता बचाउन लडिरहे । नारायणी नदीमा पुल नहुँदा सुस्तावासीले आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुको विकल्प थिएन । त्यसमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) … Read more

मुख्यसचिवको आह्वानमा सचिवहरूको बैठक जारी

५ कात्तिक, काठमाडौं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाल सरकारका सचिवहरूको बैठक जारी छ ।मुख्यसचिव एकनारायण अर्यालको आह्वानमा बसेको बैठक सोमबार बिहान साढे ९ बजेबाट जारी छ । प्रत्येक महिनाको पहिलो सोमबार बस्ने यो नियमित बैठक हो । बैठकमा विपद् संकटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको एक … Read more

पार्टीको स्पष्टीकरणमा भीम रावल भन्छन् : गलत क्रियाकलाप ढाकछोप गर्न कमजोर पर्दा लगाएजस्तो

५ कात्तिक, काठमाडौं नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीबाट आफूलाई सोधिएको स्पष्टीकरण गलत क्रियाकलापहरू ढाकछोप गर्न कमजोर पर्दा लगाएजस्तो भएको टिप्पणी गरेका छन् ।सोमबार अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रथम दृष्टिमा नै उहाँहरूको गलत क्रियाकलाप ढाकछोप गर्ने कमजोर पर्दा जस्तो लागेको छ । थप कुरा आएपछि हेरौँला,’ रावलले भने । एमालेको … Read more

अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं, कात्तिक ५- अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। आज भएको तेस्रो खेलमा … Read more

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक, आज साँझ ५ बजे बस्ने

काठमाडौं, कात्तिक ५- आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । बैठकका एजेन्डाबारे केही नखुलाएको एक मन्त्रीले जानकारी दिएका हुन् । ‘बैठक साँझ पाँच बजे बोलाइएको छ । एजेन्डाबारे जानकारी आइसकेको छैन,’ ती मन्त्रीको भनाइ छ । यद्यपि आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन … Read more