हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा- हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ। स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको … Read more

यसवर्ष च्याङग्राको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

म्याग्दी दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि … Read more

प्रधानमन्त्री र बंगलादेशी मन्त्रीबीच ऊर्जा सहकार्य छलफल

१७ असोज, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले भेट गरेकी छन् ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य … Read more

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको … Read more

बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

काभ्रेपलाञ्चोक, असोज १७- रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको … Read more

नहरमा माछा मार्ने क्रममा ४ बालकमाथि बजारियो ट्याक्टर

सर्लाही सर्लाहीमा नहरमा ट्याक्टर खस्दा एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका–७ मुसैलीमा आज बिहान ना ३ त १६२ नम्बरको ट्याक्टर नहरमा खस्दा गम्भीर घाइते भएका स्थानीय दिनेश साहका छोरा १२ वर्षका रवि साहको उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा अन्य तीनजना बालक घाइते … Read more

काभ्रेमा बाढी र पहिरोमा परेर हालसम्म ७० जनाको मृत्यु

काभ्रे, शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ । काभ्रेको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिका, … Read more

झ्याप्ले खोलामा पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

काठमाडौँ धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । पहिरोमा गोरखाबाट काठमाडौँ जाँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा सवार ४ जना, चितवनबाट काठमाडौँ जाँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा … Read more

बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादनको पहल थाल्न पहल

काठमाडौं सञ्चालनमा रहेका जलविद्युत् गृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत साता आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, … Read more

मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ

मध्य बेरुतको एउटा भवनमा इजरायली हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका लेबनानी अधिकारीहरूले बताएका छन्। बाचौराको बहु-मंजिला ब्लकमा हिजबुल्लाह सम्बद्ध स्वास्थ्य केन्द्र रहेको थियो, जसलाई इजरायलको सेनाले “सटीक” आक्रमणमा मारेको बताएको थियो। लेबनानको संसदबाट केही मिटर टाढा बेरुतको केन्द्र नजिक यो पहिलो इजरायली हमला हो। दक्षिणी उपनगर दहीहमा लक्ष्य … Read more