गृहमन्त्री लेखकको ब्रिफिङ : एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराए । उनका अनुसार सरकारले ७०० भन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिसकेको छ । सरकारले तत्काल अस्थायी आवास निर्माण … Read more

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । प्रसाईंलाई साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईंलाई … Read more

थाइल्याण्डमा स्कुल बसमा आगलागी : २५ जनाको मृत्यु भएको आशङ्का

बैंकक, थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताउनुभएको … Read more

दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

काठमाडौँ अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित … Read more

बाढीबाट भएको क्षतिका कारण किस्ट अस्पतालको सेवा ठप्प

काठमाडौं– पछिल्लो भारी वर्षा र बाढीका कारण अस्पतालका उपकरणहरूमा क्षति भएको भन्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शनिबारसम्म स्वास्थ्य सेवा उपलब्ध नगराउने जनाएको छ ।  अस्पतालले आज एक सूचना जारी गर्दै पछिल्लो वर्षाका कारण विद्युत सप्लाइ र उपकरणमा क्षति पुगेको भन्दै आगामी शनिबारसम्म आकस्मिक लगायतका सेवा उपलब्ध गराउन नसक्ने जनाएको हो । अस्पतालले सम्पूर्ण सेवा सुचारु गर्नको लागि प्रयत्न … Read more

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। जनरामा बनेकाे याे फिल्मकाे ट्रेलरले १२ गाउँ नामक एक काल्पनिक थलोको शोषक र सामन्त, जन्मिदारविरुद्ध संघर्ष गर्ने पात्रहरुको कथा भन्छ। ट्रेलरमा निर्देशक समेत रहेका बिराज र छोरा समीर पुरै एक्सन अवतारमा प्रस्तुत छन्। समीरको यो डेब्यु फिल्म समेत हो। एक्सन कोरियोग्राफी, छायांकन र प्रोडक्सन … Read more

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडौँ,  सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार … Read more

अलपत्र यात्रुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्‍याउन संसदीय समितिको निर्देशन

काठमाडौँ, । संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो । मङ्गलबार बसेको … Read more

राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सम्भव भएसम्म सवै उपाय लगाएर भएपनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो। त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरु यातायातका साथ चल्न सक्ने गरि मर्मत गर्न … Read more

प्रधानमन्त्रीद्वारा एमाले केन्द्रीय कार्यालयको निरीक्षण

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गर्नुभएको छ । एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गर्नुभएको हो । अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँतला पूर्णतः डुबेको थियो । बाढीबाट … Read more