बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन

काठमाडौँ — सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको छ । न्यायाधीश नियुक्तिका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतविरुद्ध अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेकाले मुद्दा दर्ता गर्नुपर्छ भन्ने … Read more

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ । पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल … Read more

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौं। नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन्। नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो। सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो। यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका … Read more

झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

काठमाडौँ, असोज १४- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उहाँले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । … Read more

प्रधानमन्त्री ओली काठमाडाैं ओर्लिँदा आधा घण्टा अन्य उडानमा रोक

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। सोमबार दिउँसो ४ः१५ मा प्रधानमन्त्री ओली चढेको जहाज विमानस्थलमा अवतरण भएको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए। प्रधानमन्त्री ओली सवार जहाज अवतरण हुँदा विमानस्थलबाट बाँकी उडान आधा घण्टाका लागि रोकिएका छन्। विमानस्थल प्रमुख निरौलाका अनुसार विमान अवतरण हुनुअघि झण्डै १५ मिनेटअघि देखि अवतरण भएर भिभिआइपी … Read more

अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री … Read more

३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए । दुई वटा माईक्रो र एउटा बसमा … Read more

सिन्धुलीको फिक्कलबाट हेलिकोप्टर मार्फत १७ जनाको उद्धार

काठमाडौं काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । आज (सोमबार) साँझदेखि सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको हो । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड लागेको छ । त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् … Read more

सिन्धुलीको फिक्कलबाट हेलिकोप्टर मार्फत १७ जनाको उद्धार

सिन्धुली — मध्यपहाडी लोकमार्ग अवरुद्धहुँदा सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङमा ४ दिनदेखि अलपत्र परेका सोलुखुम्बु र ओखलढुङ्गाका ८ जना विरामीसहित १७ जनालाई सोमबार सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।मध्यपहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्ड अन्तर्गत दर्जनौं स्थानमा पहिरो खसेर यातायात अवरुद्ध हुँदा ती यात्रीहरु अलपत्र परेका थिए । सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार काभ्रेको मंगलटारदेखि उदयपुरको घुर्मीसम्म … Read more

रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज (पर्सा)  अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् । प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो । दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो । यस्तै, परोह … Read more