चितवन-काठमाडाैं सडकमा सवारीसाधन चलाउन राेक

Highlights अवस्था हेरेर भोलि बिहान ५ बजे पछि नयाँ निर्णय लिइने चितवन — लगातारको वर्षा नरोकिएको र पहिरोको जोखिम बढेको भन्दै चितवन जिल्ला प्रशासन कार्यालयले चितवन हुँदै काठमाडौं जाने राजमार्गमा सवारीसाधन चलााउन रोक लगाएको छ । अवस्था हेरेर भोलि बिहान ५ बजे पछि निर्णय लिने गरी हाललाई नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलाउन रोक लगाएका … Read more

काभ्रेमा बाढी-पहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेपलाञ्चोक तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा परी तीन जनाको मृत्यु भएको छभने १० जना बेपत्ता भएका छन् । जिल्लास्थित तीन राजमार्ग अवरुद्ध छन् । अविरल वर्षाका कारण आज बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा छ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ । … Read more

प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित

काठमाडौँ पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौँको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताउनुभयोे । उहाँका अनुसार आज काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका … Read more

काठमाडौं उपत्यकाका ३ जिल्ला बाढी र डुवानबाट ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

काठमाडौं अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको … Read more

आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौँ तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिनुभयो । “आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको … Read more

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आकस्मिक बैठक बोलाइएको छ । दिउँसो ३ बजे बस्ने गरी जुम मीटिंग बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समिति, संसदीय दल, प्रदेश, जिल्ला र र्यापिड एक्सन टीमको संयुक्त बैठक बोलाएको छ ।

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा (मकवानपुर) पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । यसैबीच, … Read more

पानी नरोकिएपछि नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकखण्डमा भोलिसम्म सवारी सञ्चालनमा रोक लगाइयो

चितवन नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्डमा भोलिसम्मका लागि सवारी आवागमनमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहिबारदेखि अविरल परेको वर्षाका कारण पहिरोको जोखिम कायम रहेको भन्दै यस सडकखण्डमा सवारी साधान आवागमनमा रोक लगाएको हो । प्रशासकिय अधिकृत अन्तिम सिंजालीले आज एक सुचना जारी गर्दै यस सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिनुभएको छ । … Read more

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपरासी । पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख क्युसेक पानीको बहाव रहेको छ … Read more

खुर्कोट पुल बगाउँदा मन्थली विमानस्थलमा पनि पस्यो बाढी

काठमाडौं भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगाएको छ । यो पुल खुर्कोटबाट रामेछाप, दोलखा, ओखलढुंगा जोड्ने सडकमा निर्मित थियो । जसका कारण आवागमन प्रभावित हुने छ । त्यहाँ नजिकै रहेको झोलुंगे पुल पहिला बगाएको र त्यसपछि खुर्कोट बगाएको हो । त्यस्तै, रामेछापको हातेचौर र मन्थली विमानस्थलमा पनि तामाकोशीको बाढी पसेको उनले बताए … Read more