मेरो कार्यकाल भित्रै चितवन राष्ट्रिय निकुञ्जको बाटो धुलोरहित हुन्छः बिक्रम पाण्डे

चितवन,कात्तिक १९- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले देशको अबस्था र आर्थिक संकटका कारण युवा विदेश पलाएन हुँदा देश रित्तो बन्न थालेको बताउनुभएको छ । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले आयोजना गरेको नविन राप्रपा भूगोल केन्द्रित चियापान कार्यक्रम एवं पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका पाण्डेले सो कुरा बताउनुभएको हो … Read more

भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

भरतपुर,कात्तिक १९- भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार … Read more

देवाही गोनाही नगरपालिकाका समाजबादीका प्रत्यासी मेयर पटेल जसपामा प्रवेश

कार्तिक १८ गते देवाही नगरपालिकामा पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल नेतृत्वको समाजबादी पार्टीका मेयर प्रत्यासी धरमेन्द्र पटेल जनता समाजवादी पार्टी (जसपामा ) प्रवेश गरेको छ। रौतहटको देवाही गोनाही नगरपालिकाको प्रेमपुर गोनाही बजारमा जनता समाजवादी पार्टी नेपालको बितेको दशै आउँदै गरेको शुभ दिपवली तथा छट पर्वको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रममा … Read more

आइतबारबाट टिभिएस शोरुम जीतपुरमा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला

बारा, कार्तिक १८ गते । जीतपुरको पहाडीटोल मा रहेको टिभिएस शोरुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’मेला हुने भएको छ । कार्तिक १९ गते आइतबारबाट २५ गते शनिबार सम्म मेला सञ्चालन हुने आधिकारिक बिक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न का प्रवन्धक किरण पुरीले जानकारी दिए । दसैं तिहार लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य … Read more

जाजरकोट केन्द्रबिन्दु बनाएर गयो ठुलो भुकम्प, १५७ जनाको मृत्यु, १९७ घाइते

कात्तिक १८- जाजरकोट र रुकुम पश्चिममा भूकम्प जादा १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १०५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा १०५, रुकुम … Read more

सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ, कात्तिक १८- उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक, स्वास्थ्यकर्मी लिएर अर्को हेलिकप्टर जाजरकोट र … Read more

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२८ पुग्यो, सय बढी घाइते

काठमाडौं, कात्तिक १८- जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म … Read more

जाजरकोट भूकम्प : नगर उपप्रमुखसहित ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट, कात्तिक १८- जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु … Read more

जाजरकोट केन्द्रबिन्दु बनाएर गयो भुकम्प, ८० को मृत्यु, सयौ घाइते

रुकुम पश्चिम, कात्तिक १८- जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । … Read more

भारतमा सवारी दुर्घटना हुँदा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत, कात्तिक १७- भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ … Read more