भैँसीले हान्दा बाघ मर्‍यो

मकवानपुर । मकवानपुरको मनहरिमा बाघ मृत अवस्थामा फेला परेको छ । आज बिहान ३:१५ बजेको समयमा मनहरि गाउँपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको हो । बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । … Read more

त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि

चितवन । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ । क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, विज्ञान, … Read more

अभिनेता विपिन कार्कीलाई मातृशोक

अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विभिन्न दीर्घरोगबाट पीडित रहेकी उनको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । उनको पार्थिव शरिरलाई बिहीबार बिहान १० … Read more

कस्तो रहला बिहीबार देशभरको मौसम?

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षासमेत भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि … Read more

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ। यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। त्यस्तै, आजको बैठकमा … Read more

हुम्लामा जिप दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाकाे हेलिकप्टरबाट उद्धार

काठमाण्डु–हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनाबाट गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ।घाइते भएका ७ जना मध्ये गम्भीर रहेका ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएकाे हो।जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ … Read more

जोखिम मोलेर खोला तर्दै

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–६, सहिद मार्गअन्तर्गत डिम्बुरगैराको अधेरी खोलामा आएको भलले सडकमा क्षति पुर्‍याएपछि जोखिम मोलेर खोला तर्दै स्थानीयवासी ।

सतर्कता केन्द्रलाई कारबाहीको अधिकार दिनुपर्छ

काठमाडौँ, भदौ ५ गते। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कर्मचारीलाई अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार आफूलाई दिन माग गरेको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा बोल्दै केन्द्रका प्रहरी नायव महानिरीक्षक निरञ्जन विष्टले यस्तो माग गर्नुभएको हो। उहाँले अन्तरिम संविधान, २०६३ … Read more

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक चाँडो टुंग्याऔँ : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए। ‘समितिमा छलफलका क्रममा महत्वपूर्ण विषय पहिचान भएका छन्, अब समितिबाट जतिसक्दो छिटो पारित होस्, भ्रष्टाचारसम्बन्धी विषय निकै गम्भीर … Read more

इरानमा बस दुर्घटना हुँदा २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु

इरानमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। मंगलबार राति इरानको तेहरानस्थित याज्द सहरमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको र  अरू २३ जना घाइते भएको बिबिसीले जनाएको छ। बसमा पाकिस्तानी तीर्थयात्री सवार थिए।पाकिस्तानी समाचार संस्था डनका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर छ।मृत्यु हुनेमा १७ जना महिला … Read more