भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप

चितवन, भदौ ५-चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हाे ।अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । पाठेघरमा सिष्ट … Read more

त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी रोक्न शिक्षामन्त्रीले गृहमन्त्रीसँग मागिन् सुरक्षा

काठमाडौं। शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन्। केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन्। मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको बताएकी छन्। उनले लेखेकी छन् ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न … Read more

गठ्ठाघर दुर्घटना: थाहै नपाएर दुघर्टना भएको ट्रक चालकको बयान

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको सम्बन्धनमा ट्रक चालकले थाहै नपाएर दुघर्टना भएको जनाइएको छ। सो दुघर्टनाबारे बनेको छानबिन समितिले अध्ययन अनुसन्धान गर्दा ट्रकको अगाडि स्कुटर आएको थाहै नपाएर दुर्घटना भएको जनाइएको हो। प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर … Read more

प्रतिकूल मौसमले हवाई सेवा प्रभावितः भरतपुर,पोखरा र सुर्खेतका उडान डिले

चितवन:  प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण बुधबार बिहान भरतपुर,पोखरा, सुर्खेत र लुक्लाका उडान प्रभावित भएका हुन् । यी क्षेत्रमा जाने उडान प्रतिकूल मौसमका कारण ढिलाइ (डिले) भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आन्तरिक उडान सामान्य प्रभावित रहे पनि … Read more

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा … Read more

बुधबारको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका … Read more

गगन थापाले भनेः प्रचण्ड समझदारीमा इमान्दार नहुँदा माधव नेपालको प्रधानमन्त्री बन्ने अवसर गुम्यो

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिताका साथ समझदारी कार्यान्वयन नगरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको बताएका छन्। पार्टीका प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले इमान्दारिताका साथ समझदारी कार्यान्वयन नगरेपछि अध्यक्ष नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको बताएका हुन् । उनले कांग्रेसले सहमति गरेपछि इमान्दारितपूर्वक पालना … Read more

लुम्बिनीका मुख्यमन्त्री आचार्यको पक्षमा दुईतिहाई भन्दा बढी मत

देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा  मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि राखेको प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको हो । प्रदेशसभामा कायम रहेका ८७ सदस्यमध्ये मुख्यमन्त्री आचार्यले पेस गरेको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । उनको विपक्षमा ११ जनाले मतदान गरे । … Read more

क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : खेलकुदमन्त्री चौधरी

काठमाडौँ / युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै भने, ‘क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट … Read more

कांग्रेस र एमाले कमजोर भयो भने डेमोक्रेसी कमजोर हुन्छः महासचिव झा

काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव डा. सुरेन्द्र झाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्रीको आकांक्षाले वर्तमान गठबन्धनको भविष्य तलमाथि नपारिदिन अनुरोध गरेका छन् ।मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व। नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न सभापति देउवालाई अनुरोध … Read more