कांग्रेस र एमाले कमजोर भयो भने डेमोक्रेसी कमजोर हुन्छः महासचिव झा

काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव डा. सुरेन्द्र झाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्रीको आकांक्षाले वर्तमान गठबन्धनको भविष्य तलमाथि नपारिदिन अनुरोध गरेका छन् ।मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व। नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न सभापति देउवालाई अनुरोध गरे ।

‘तपाई मेरो अभिभावक पनि हो । शेरबहादुर देउवालाई अनुरोध छ, अब तपाई छैटौँ पटक प्रधानमन्त्री होइन इतिहास निर्माण गर्नुहोस् कुनै चिजको आशक्ति राखेर यो गठबन्धन असफल नबनाउनोस् ‚’ उनले भने ।महासचिव झाले नेपालका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) कमजोर भए लोकतन्त्रनै कमजोर हुने बताए ।

‘नेपाली कांग्रेस र एमाले कमजोर भयो भने डेमोक्रेसी कमजोर हुन्छ । अनि हामी जस्ता विभेदमा पारिएका मान्छे झन् कमजोर हुन्छ‚’ उनले भने ।

 

सेयर गर्नुहोस्