कामना सेवा विकास बैंकले १२ प्रतिशत बोनस दिने

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत बोनस दिने भएको छ ।बैंकले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर दिने भएको छ । त्यस्तै चुक्ता पुँजीको ५ प्रतिशत कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने … Read more

मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु

काठमाडौं, ३० भदौ । कैलालीको टीकापुरस्थित एल।एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु … Read more

१ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

३० भदौ, काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरूको साँवा र ब्याज भुक्तानी २० असोजमा हुनेछ ।निक्षेप संकलन उपकरणमा … Read more

लुम्बिनी सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।सभामा प्रस्ताव पेस  भएपछि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने गरी निर्णयार्थ प्रस्तुत  गरिने जनाइएको … Read more

नेपाल प्रिमियर लिग क्रिकेटमा चितवन मेडिकल कलेज र फर्चुना हेल्थ केयरको टिम

काठमाण्डौं, ३० भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य क्षेत्रबाट दुई टिममा लगानी भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल र फर्चुना हेल्थ केयरले टिम किनेका हुन्।चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका छन् । सिएमसीले एक करोड ७६ लाख रुपैयाँमा उक्त टिम किनेको हो भने फर्चुनाले एक करोड … Read more

अमेरिकामा ब्याजदर घट्ने चर्चाले महँगियो सुन, मूल्य हालसम्मकै उच्च

३० भदौ, काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो … Read more

सुरु भयो इन्द्रजात्रा

काठमाडौं– उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व आइतबारदेखि सुरु भएको छ । बसन्तपुर दरबार अगाडि लिंगो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा इन्द्रको पूजा गरिने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै काभ्रे दोलखालगायत जिल्लामा पनि मनाइन्छ । नेवारी समुदायले ८ दिनसम्म मनाउने इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै … Read more

यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ … Read more

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो … Read more

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ ।आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए । दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । … Read more