आज गाईजात्रा पर्व मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं,  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि काठमाडौँ उपत्यकामा मात्रै बिदा हुने भनिएकामा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय … Read more

पहिरोले पुरेर एकको मृत्यु

अर्घाखाँची, भदौ ४ अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ। मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ। पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा … Read more

टिकटक खुलाउने तयारी।

काठमाडौं, भदौ ४ सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो। पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो। लगत्तै २७ कात्तिकमा सामाजिक … Read more

बाढीले तीन घर पूर्णरुपमा क्षति

सोलुखुम्बु , भदौ ४। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेमा आएको बाढीले टोक टोकका तीन घर पूर्णरुपमा क्षति भएको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाले जनाएको छ । अन्य चार घर पहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण नाम्चे पर्यटकीय पदमार्गमा पनि क्षति पुगेको छ, अहिले उक्त क्षेत्रको टोल विकास संस्थाले स्थानीयवासी, नेपाली सेना र प्रहरीको सक्रियतामा वैकल्पिक मार्ग निर्माण … Read more

बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भए सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् ।सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन । सम्झौता पछि बोल्दै … Read more

प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने

काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी नहुने भएका छन् ।‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेता गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उपस्थिति नहुने भएका हुन् । यसअघि उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा … Read more

एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा

वासिङ्टन डिसी, भदौ ४-नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन् । ट्रम्पका अनुसार आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा … Read more

काठमाडौंको प्रदूषित वातावरण के गर्दा सुधार हुन्छ, आइडिया दिनुस्ः उपप्रधानमन्त्री सिंह

काठमाडौं, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान गरेका छन् । केही नयाँ गर्ने भनेरै सरकारमा गएको भन्दै उनले रचनात्मक आइडियासहितको सुझावको अपेक्षा गरेको बताए । जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण … Read more

मुग्लिङ-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो

भरतपुर,भदौ ४-मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ। मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं.पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने भएको छैन। प्रहरीले सार्वजनिक गरेको तस्बीर अनुसार ढुङ्गा सानो रहेको र कारको अगाडीपट्टी बर्नट छेउमा … Read more

अमेरिकाले नेपाललाई दुईवटा स्काई ट्रक र दुईवटा हेलिकप्टर सहयोग गर्ने

काठमाडौँ भदौ ४। अमेरिकाले सन् २०२५ को जनवरीसम्म नेपाललाई करिब ३७ मिलियन अमेरिकी डलर बराबरका दुईवटा एम २८ स्काई ट्रक उपलब्ध गराउने सहमति गरेको छ । यी छोटो टेक-अफ र ल्यान्डिङ, फिक्स्ड विङ प्लेन हुन्। ती मध्ये एक समर्पित एयर एम्बुलेन्स हो, यो प्रकारको पहिलो हो। उक्त सहयोगमा पाइलट र मेन्टेनरका लागि तालिमका साथै पार्टपुर्जा … Read more