प्राधिकरणले प्रमाण दिन लागेपछि चार उद्योगले बुझाए बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवाद चर्किरहेका बेला चार उद्योगको बक्यौता रकम तिरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यशोदा फुड्स, जयदुर्गा प्लास्टिक, सोना प्योकजिङ र सोना पोलिमर्सले डेडिकेटेड र ट्रंकलाइन बापत खपत गरेको बिजुलीको बक्यौता तिरिएको हो । यशोदा फुट्सले चार लाख २५ हजार २३१, जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२, सोना प्याकेजिङले तीन … Read more

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरको नगदसहित सम्मान, जनही १–१ लाख पुरस्कार

काभा नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरका मेयर (प्रमुख) बालेन शाहले खेलाडीलाई जनही १–१ लाख रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।टोलीमा रहेका १४ खेलाडीलाई महानगरले जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । सम्मान र पुरस्कार प्राप्त गर्ने खेलाडीमा कप्तान अरुणा शाहीसहित … Read more

दिनभर उतारचढाव भएको शेयर बजार सामान्य बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाण्डाै – हिजो एक सय आठ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से बिहान ११ बजेर २४ मिनेटमा दुई हजार आठ सय ११ विन्दुमा पुगेको थियो ।आज जलविद्युत्, लगानी, … Read more

जापानमा ७.१ रेक्टरस्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं : जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ। जापानको मौसम विभागले ती स्थानहरूमा सुनामी जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। स्थानीय समयअनुसार ४:४३ मिनेटमा मियाजाकी भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प प्रभावित क्षेत्रहरूमा बुलेट ट्रेनको सेवा बन्द गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। प्रारम्भिक … Read more

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

बेनी– म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरू ओझेलमा परेका हुन् । पदमार्गका प्रमुख आकर्षणको रुपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताए । ‘हिमालको … Read more

गएको जुलाई अहिलेसम्मकै दोस्रो तातो महिनाको रूपमा रेकर्ड

सन् २०२४ को जुलाई महिना विश्वको दोस्रो सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको छ । युरोपियन युनियनको जलवायु परिवर्तनसम्बन्धी निगरानी राख्ने निकाय कोपर्निकस जलवायु परिवर्तन सेवाले यस वर्षको जुलाईको तापक्रम गएको वर्षको तुलनामा थोरै कम हुँदै अहिलेसम्मको दोस्रो तातो महिनाको रूपमा रेकर्ड भएको जनाएको हो । यस वर्ष जुलाईको औसत सतहको हावाको तापक्रम १६ दशमलव … Read more

शुक्रबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा

 कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका … Read more

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मर्यादाक्रम तलमाथि गरिएको हो।नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री प्रकाशमान सिंह छन्। त्यसपछि अर्का उपप्रधानमन्त्री विष्णु पौडेल छन् भने चौथो नम्बरमा मन्त्री पृथ्वीसुब्बा गुरुङ छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ। पौडेल यसअघि मन्त्रिपरिषद्को १४औं वरीयताक्रममा थिए। हेरफेरअनुसार उनको … Read more

काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक … Read more

पुटिनलाई पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह

मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ । पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।युक्रेनी दूतावासले … Read more