तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि … Read more

पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

काठमाडौँ– पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको छन् । यसअघि २२ जना … Read more

वीरगञ्ज महानगरले थुपार्‍यो तीन वटा उद्योगको गेटमा फोहोर

वीरगञ्ज:  वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका हुन् । वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसालिदिएको बताए । … Read more

भरतपुर अस्पतालमा बिहान ९ देखि ४ बजेसम्म ओपिडि सेवा

चितवन। भरतपुर अस्पतालले आफ्नो सेवालाई विस्तार गरेको छ । अस्पतालले बिहान ९ देखि दिउँसो ४ बजेसम्म बहिरङ्ग (ओपिडि) सेवा सञ्चालन गर्न लागेको हो । आस्पताल प्रशासनले आईतबार एक सूचना प्रकाशित गरी साउन १५ गतेबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अस्पताल समय कायम गरिएको जनाएको छ । नियमित औषधि खाने स्वास्थ्य बीमाका बिरामीहरुका लागि बिहान ७ … Read more

चितवनको निकुञ्जमा एक सय २८ र बर्दियाको निकुञ्जमा एक सय २५ पाटेबाघ

गुलरिया (बर्दिया):  बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका … Read more

गोरखाको धार्चेमा पहिरोमा बेपत्ता पाँच जनाको अवस्था अझै अज्ञात

काठमाडौं। उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन्। शनिवार राति भीषण पहिरामा बेपत्ता भएकाहरुको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ भने अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन। पहिरोले … Read more

पोखरामा २४ जना चढेको स्कुल बस दुर्घटना, बालिकाको मृत्यु (अपडेट)

पोखरा:  पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७, फुस्रेखोलानेर दुर्घटना भएको हो। दुर्घटनामा बालिकाको मृत्यु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए। उनको परिचय भने खुलिसकेको छैन।घाइतेहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा चालक … Read more

२०८१ साल साउन १४ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला … Read more

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

गलकोट (बागलुङ), । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका-८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधा सम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिँगारिएको प्राङ्गणले विद्यालयको वातावरण मनमोहक … Read more

नेप्सेले गर्‍यो मौद्रिक नीतिको स्वागत, ११३ अङ्कले बढ्यो

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको  छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो। त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो … Read more