काठमाडौ संयोजक बुद्ध गौतम, केन्द्रिय प्रवक्तामा चयन

मकवानपुरको हेटौंडास्थित बालजागृति विद्यालयमा शुक्रबारदेखि सुरु भएको स्क्राबल क्लब नेपालको ११औं राष्ट्रिय च्याम्पियनसिपका अवसरमा बसेको केन्द्रिय समिति चयन भेलाले नयाँ कार्यसमिति गठन गरेको छ। प्रतिस्पर्धा मात्र नभई संगठनात्मक सुदृढीकरणलाई पनि विशेष प्राथमिकता दिँदै सम्पन्न भएको उक्त भेलाले आगामी कार्यकालका लागि सशक्त नेतृत्व चयन गरेको हो। नयाँ कार्यसमितिअनुसार केन्द्रीय अध्यक्षमा केशव प्रसाद पराजुली, उपाध्यक्षमा धुब थापा … Read more

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् । “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल रु ७५० पाउनुपर्छ भन्ने थियो । तर सरकारले मूल्य र … Read more

सुनको मूल्य १ हजार रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?

आज मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । यस दिन सुन तोलामा १ हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार नौँ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेको छ । … Read more

एमालेको महाधिवेशन बिथोल्ने नियतले सरकारले नागढुंगा सडक बन्द गरेको भन्दै बस्नेतको आक्रोश

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नागढुंगादेखि पिप्लामोडसम्मको सडक बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । ‘एमालेको मंसिर २७–२९ सम्मको महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ् ,’नेता बस्नेतले भनेका छन्, । उनले भने ‘, मंसिर २४ देखि पुस १ … Read more

मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्व एवम् एजिङ नेपाल र युनिफिकेसन नेपालको सहसंयोजकत्वका साथै मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय १२५ संस्थाको सहकार्यमा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १७औँ राष्ट्रिय मानवअधिकार महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार मानवअधिकारको … Read more

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मङ्सिर २१ देखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “हरेक वर्ष गोही नदीमा छाडिन्छ, तिनको अवस्था बुझ्नका लागि गोही … Read more

अण्डाको मूल्य हालसम्मकै उच्च

विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ … Read more

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । “उपचारमा आउने … Read more

तिहारमा बनाइने आकृतिलाई भरतपुर महानगरले शौचालयमा राखेपछि थारु समुदायको बिरोध

झट्ट हेर्दा यो कुनै थारु समुदायको घर हो । चाडबाडको बेला थारु समुदायले आ–आफ्नो घर यसरी नै विभिन्न आकृतिसहितको आकर्षक भित्ता बनाउछन् । तर महत्वपूर्ण संस्कृतिसंग जोडिएको यो आकृतिलाई भरतपुर महानगरले शौचालयमा पुर्‍ याएपछि अहिले चौतर्फी बिरोध सुरु भएको छ । भरतपुर महानगरले उद्घाटन गर्ने तयारीमा रहेको यो स्मार्ट शौचालय महानगर र वीरेन्द्र बहुमुखी क्याम्पसको … Read more

रसुवाको खाल्चेत क्षेत्रमा भालुको आक्रमणबाट दुई जना घाइते

जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन । उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिनुभयो । निजी जमिनमा घाँस काटी रहेको … Read more