सौराहामा हात्ती महोत्सवः आज हात्ती पूजा र वनभोज

चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी … Read more

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिको १६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले दरबारका भित्री चोक तथा सङ्ग्रहालयको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्य समितिको रहेको बताउनुभयो । … Read more

देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताउनुभयो । उहाँले आगामी फागुन २१ … Read more

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ

शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गर्नुभएको छ । आज उहाँ घर निर्माण फाउन्डेसनद्धारा आयोजित घर निर्माण फेस्ट २०८२ मा सम्बोधन गर्दै उहाँले सरकारले ‘डेभलपमेन्ट डिकेड’ वा दश वर्षे विकास दशक घोषणा गरी छाता ऐनमार्फत विकासलाई सही मार्गमा ल्याउन नसके अपेक्षित प्रगति … Read more

कैलाली-३ बाट प्रतिनिधि सभा सदस्यमा युवा नेता विरेन्द्र जि.सी. को दाबेदारी

पार्टीद्वारा सिफारिस ​कैलाली । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट (नेकपा) नेपाली कम्युनिस्ट पार्टी ले उर्जावान युवा नेता एवं अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव विरेन्द्र जि.सी. लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। ​देशभर राजनीतिमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला, माओवादी केन्द्रले जि.सी. लाई अघि सारेर … Read more

भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए। प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना यात्रुलाई सुरक्षित बाहिर निकाल्न सफल भएका छन्, तर केही जना अझै … Read more

पन्त प्यानलद्धारा उम्मेद्वारी घोषणा :पार्किङ व्यवस्थापनदेखि डिजीटल एप सम्मका प्रतिबद्धता

पुष १२, चितवन । चितवन उद्योग वाणिज्य संघको ५९ औं बार्षिक साधारण सभा तथा अधिवेशन नजिकिएसंँगै शिरिष पन्त समुहले उम्मेद्वारी घोषणा गरेको छ । शनिबार चितवन उवासंघ परिषरमा आयोजित पत्रकार सम्मेलनमा पन्त समुहले उम्मेदवारी घोषणा गरेका हुन । पन्त समुहको अध्यक्ष पदमा शिरिष पन्तले उम्मेद्वारी दिएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा लोक बहादुर रानाभाट … Read more

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड सङ्कलन गरेको छ । वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व सङ्कलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ … Read more

प्रधानमन्त्री कार्कीले तीन शीर्षदलका नेताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएकी छन् । छलफल निर्वाचनकेन्द्रित हुने बताइएको छ । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ । यसका … Read more

जेनजी आन्दोलनपछि आज बालुवाटार जाँदै ओली

जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज ९पुस १२ गते० प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आयोजना गर्ने तीन शीर्ष नेतासँगको छलफलका लागि ओली दिउँसो त्यहाँ पुग्ने भएका हुन्। गत भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले आफ्नो हेलिकप्टमार्फत बालुवाटारबाट उद्धार गरेको थियो।