राप्ती नदीको बाढीमा फसेका मध्ये एक जना बेपत्ता, २ जनाको उद्धार

बुटवल,दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन । दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने … Read more

भरतपुरको अस्पताल रोडमा भ्यानमा राखेर अवैध औषधि बिक्री गर्ने २ जना पक्राउ

चितवन,भरतपुरको अस्पताल रोडमै बिना बिलबिजक अवैध औषधि बिक्री गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । चितवन प्रहरी, नेपाल औषधि व्यवसायी संघ र मेडिकल स्टकिष्ट क्लब अफ नारायणगढले बिहीबार गरेको संयुक्त अनुगमनका क्रममा औषधि बेच्दै गरेका सर्लाही पर्सा गाउँपालिका ५ बस्ने २९ वर्षका अनिल झा र काठमाडौं चन्द्रागिरि नगरपालिका ७ का ३८ वर्षीय … Read more

पोखरा छिर्ने सबै सडक ठप्प, गण्डकीका ६ प्रमुख सडकमा पहिरो

पोखरा, अविरलको झरीले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सहित गण्डकीका प्रमुख ६ वटा सडकमा पहिरो झरेको छ ।पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो हिलो भएर ट्रक र बस फसेका छन् । जसका कारण सडक पूर्ण ठप्प भएको गण्डकी प्रहरीले जनाएको छ । यस्तै, सिद्धार्थ राजमार्गको वालिङ … Read more

लडेर युवकको मृत्यु

हेटौँडा,  मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा एक युवको मृत्यु भएको छ । बारा जिल्ला कोल्वी नगरपालिका ८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका ९ स्थित सिमलटाँडीमा मजदुरी काम गरी बस्ने आएका पुजन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरी गाउँपालिका ६ स्थित सुनाचुरीमा वर्ष ३० का पुजन राम लडिरहेको अवस्थामा … Read more

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आजकाे बैठकमा ‘विनियोजन विधेयक २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रूपमा बजेट विनियोजन हुन आवश्यक रहेको बताउनुभएको हो । शिक्षाका लागि … Read more

असार २८ गते विश्वासको मत लिने प्रचण्डको तयारी, बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् । समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो । असार २८ गते शुक्रवार विश्वासको मत लिने … Read more

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाण्डाै – राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी … Read more

युरोपका विभिन्न देशमा प्रस्तुति दिँदै धुर्मुस-सुन्तली

काठमाडौँ : कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन् । आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरू युरोपका देशमा पुगेका थिएनन् । उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । धुर्मुस-सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुति जुलाई ८ मा … Read more

मनसुनजन्य विपद् : २८ जनाको मृत्यु​, चट्याङबाट ३२ जिल्ला प्रभावित​

मनसुनजन्य विपद्‌मा परी २८ जनाले ज्यान गुमाएका छन् । साथै एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्‌बाट ४६ घर पूर्ण … Read more

पहिरोले गुल्मीको रिडी-पूर्तिघाट सडक अवरुद्ध

 गुल्मी: वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । … Read more