भरतपुरमा ५ वर्षीय बालिका आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते

चितवन, फागुन १- भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने जस्मिन खातुनकी ५ वर्षीय छोरी रबियाँ मिया आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी छन् । खाना खाने क्रममा लडेर गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बालिकाको शरिरमा … Read more

संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ, फागुन १- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले संविधानको अग्रगामी … Read more

झन्डै ३ करोड बजेट पास गर्दै ५८औ वार्षिक साधारण सभा सम्पन्न।

ललितपुर, माघ २९ नेपाल रेडक्रस सोसाइटी, ललितपुर जिल्ला शाखाको ५८औंं बार्षिक साधारण सभा सभापति बाबुराजा महर्जनको सभापतित्वमा सम्पन्न भएको छ । ललितपुर जिल्लाका २६ वटा उपशाखाका सभापतिहरु लगायत प्रतिनिधिमूलक सहभागिता रहेको सभामा जिल्ला शाखाका मन्त्री दिनेश कार्कीले निर्णयार्थ प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०।०८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित कार्यक्रम सभावाट … Read more

संसद् नै अवरोध हुने गरी रविबारे के बोलेका थिए रामहरिले ?

२९ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । स्थगित हुनु अगाडि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बोलेका थिए । प्रतिनिधिसभामा जब आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै थियो तब खतिवडाले उठेर समय मागे । आफूले आकस्मिक समयमा बोल्नका लागि समय मागेको तर नपाएको बताए । … Read more

पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण

२९ माघ, काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको … Read more

मिस ग्लोब’ डायना काठमाडौंमा : ब्युटी पेजेन्टसहित यी हुन् भ्रमण कार्यसूची

काठमाडौं । ‘द मिस ग्लोब २०२४’की विजेता डायना मोरेनो नेपाल आएकी छन् । मंगलबार मध्यान्ह काठमाडौं विमानस्थलमा अवतरण गरेकी उनले पहिलो नेपाल भ्रमणमा आउन पाउँदा खुसी लागेको बताइन् । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को निम्तोमा उनी काठमाडौं आएकी हुन् । आउने शनिबारदेखि हुने पेजेन्टको अडिसनमा उनले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । जसअन्तर्गत वर्ल्ड … Read more

गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

२९ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् । ‘ड्युटीमा रहेका प्रहरीलाई अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुको नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि गरेनछ’ गृहमन्त्रीमाथि प्रश्न उठाउँदै मंगलबार खनालले प्रतिनिधि सभाको बैठकमा भने। खनाल त्यही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । आफूलाई त्यहाँका धेरै विद्यार्थीले … Read more

सुरु भयो फिल्म ‘पीआर’को छायाङ्कन

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायाङ्कन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायाङ्कन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् । निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, … Read more

पत्रकारलाई दण्ड र जरिबानाको तरबार !

विराटनगर । संघीय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकका प्रावधानबारे चर्को आलोचना भइरहेको बेला कोशी प्रदेश सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्नेगरी प्रदेश आमसञ्चार विधेयक संसदमा ल्याएको छ । उक्त विधेयकमाथि सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमा पत्रकारलाई समाचार लेखेकै आधारमा दण्ड र सजाय हुने व्यवस्थाका साथै प्रादेशिक सञ्चार प्रतिष्ठानलाई नै अदालती … Read more

सौराहामा आजदेखि खाना उत्सव

चितवन, माघ २९- प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ सस्करण हो । चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । उक्त उत्सवमा प्रवेश टिकटबाट … Read more