देव र जिशु ‘मागी बिहे कि भागी बिहे’ सार्वजनिक

भरतपुर । देव आरएन र जिशु कोइरालाको नयाँ गीत सार्वजनिक भएको छ । देव र जिशु फिचर्ड ‘मागी बिहे कि भागी बिहे’ बोलको गीत आज (बिहीबार) सार्वजनिक भएको हो । उक्त गीत आज सेन्ट्रल कलेजको सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक लोक पप जनराको रोमान्टिक गीतमा नन्दु राई र लक्ष्मी स्याङ्ताङले … Read more

सुनको भाउ थप बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ थप वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार थप एक सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ … Read more

भरतपुरमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु

चितवन, भरतपुर महानगरपालिका–५ मेलमिलाप टोलमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु भएको छ । पर्साको पकाहा महिनपुर गाउँपालिका–५ घर भई हाल भरतपुरमा डेरा गरी लेबरको काम गर्ने ५० वर्षीय सतकोर प्रसाद चौरासीयाको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहीवार बिहान ५ः५० बजे ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक … Read more

नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् ।नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ … Read more

युरोकप फुटबल : आजदेखि क्वाटरफाइनलका खेल हुँदै, स्पेन र जर्मनी तथा पोर्चुगल र फ्रान्स खेल्दै

काठमाण्डौ – युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् । यस्तै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । जर्मनी समूह ‘ए’ र स्पेन समूह ‘बी’ मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् । यसैगरी … Read more

ललितपुर महानगरका मेयर महर्जनलाई अख्तियारको अर्को पत्र

काठमाण्डौ – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि अर्को पत्र पनि लेखेको छ । अस्ति अख्तियारले पहिरो पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियो । हिजो फेरि अख्तियारले प्रेस संयोजकको रूपमा रमा लुईंटेल र रुपकृष्ण कर्माचार्यलाई नियुक्ति दिएको विषयमा बयानका लागि मेयर महर्जनलाई अर्को पत्र पठाएको … Read more

रङ्गशालाको स्तरोन्नतिका लागि एक करोड बजेट

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन्  । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण … Read more

काठमाडौँ–तराई र मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौँ–  काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने प्याकेज नं।२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीबार छिचोलिएको हो । बकैया र गढी गाउँपालिकामा निर्माणाधीन यो मार्ग जोडी सुरुङमध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग … Read more

डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरु दक्ष रहेको बताए । उनले सरकारले चिकित्सकहरुसँग स्वच्छ रुपले परीक्षा लिने र नतिजा … Read more

काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौं: देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ । ७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।डेंगु संक्रमणबाट सबैभन्दा बढी … Read more