चितवन कांग्रेसले मनायो असार १५, धनराज र गोविन्दले रोपे धान

१५ असार, चितवन– २१ औं राष्ट्रिय धान दिवसका अबसरमा शनिबार भरतपुरमा बृहत् धान रोपाइ तथा कृषि मेला सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको हो । महासंघले पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ सहभागी गराइ सामाजिक उत्तरदायीत्व अन्तरगत धान … Read more

बागमती प्रदेशले जित्यो यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं – यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ बागमती प्रदेशले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।बागमतीले लुम्बिनीलाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१६ र तेस्रो सेटमा २५–१८ ले हरायो । यससँगै बागमतीले तीन लाख रुपैयाँ पनि … Read more

जेष्ठ नागरिकको उपचारमा शिविरकै भर

नेपालगन्ज — बाँके नरेनापुर गाउँपालिका–२ रोशनपुर्वाकी ७० वर्षीया जैतुना पठान दुबै आँखाले ठम्मयाउन सक्दिनन् । १५ वर्षअघि पतिको मृत्यु भएपछि उनी एक्लो जीवन बिताइरहेकी छन् । हातका नसा दुखेर उनले काम पनि गर्न सक्दिनन् । दुई छोरा भए पनि उनी एक्लै बस्छिन् । साथमा हेरचाह गर्ने कोही छैन् ।जेष्ठ नागरिकको उपचारमा शिविरकै भर। ‘भएका दुई … Read more

रूससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

काठमाडौँ,  : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ । “विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले यो कूटनीतिक … Read more

चीनको सीमा नजिक लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गयो

भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ । लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज … Read more

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना यात्रु घाइते भएका छन् । गौरबाट भैरहवा तर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा बिहान ८ बजे दुर्घटना भएको हो ।दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार … Read more

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित बेचन झा पक्राउ

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले गएराति झालाई पक्राउ गरेको हो । उनलाई नेपाल-भारत सीमावर्ती क्षेत्रबाट गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित बेचन झा पक्राउझालाई अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ । नेपाली नागरिकलाई … Read more

ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

पाटन । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज उद्घाटन गरेका हुन् ।त्यस अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग … Read more

दाङमा चट्याङ लागेर महिलाको मृत्यु

दाङ, दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।राजपुर गाउँपालिका–२ मटेरियाकी ४० वर्षीया भूमिसरा बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए।आफ्नै खेतमा काम गरिरहेकी बुढा मगरलाई शुक्रबार बेलुका साढे ७ बजेतिर चट्याङले हानेको थियो। घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले राति सवा १० बजेतिर मृत घोषणा … Read more

धानमा मात्र होइन खाद्यान्नमा पनि देशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन्।भरतपुर महानगरले शनिबार आयोजना गरेको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको बताएका हुन्। सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा … Read more