जेष्ठ नागरिकको उपचारमा शिविरकै भर

नेपालगन्ज — बाँके नरेनापुर गाउँपालिका–२ रोशनपुर्वाकी ७० वर्षीया जैतुना पठान दुबै आँखाले ठम्मयाउन सक्दिनन् । १५ वर्षअघि पतिको मृत्यु भएपछि उनी एक्लो जीवन बिताइरहेकी छन् । हातका नसा दुखेर उनले काम पनि गर्न सक्दिनन् । दुई छोरा भए पनि उनी एक्लै बस्छिन् । साथमा हेरचाह गर्ने कोही छैन् ।जेष्ठ नागरिकको उपचारमा शिविरकै भर।

‘भएका दुई छोरा पनि एक्लै बस्छन् । बुढेसकालमा कसैको साहारा छैन्। ,’ उनले भनिन्,‘अस्पताल पनि पुग्न सक्दिन। यस्तै स्वास्थ्य शिविर आयो भने देखाउँछु ।’नरेनापुर–२ बैचहवाकी ८० वर्षकी आमना जोलाही मुस्किलले अस्पतालसम्म पुग्छिन् । नियमित स्वास्थ्य जाँच गराउने उनको सामर्थ्य छैन् । राम्रोसँग सुन्न सक्दिनन् । पतिको मृत्यु भएपछि उनी छोरासँग बस्दै आएकी छन् । ‘पेट दुखेर हैरान हुँदा पनि अस्पताल गएर औषधि गरिदिने मान्छे छैन्,’ उनले भनिन्,‘बुढाबुढीलाई कसैले रेखदेख गर्न खोज्दैनन् ।’

८० वर्षीय रफित खाँ आफै लौरी टेकेर स्वास्थ्य शिविर आए । नरैनापुर बेचहवाका रफितका ६ छोरा २ छोरी छन् । सबैको आआफ्नो परिवार छ । उनी खुट्टा दुखेर राम्रोसँग हिडडुल गर्न सक्दैनन् । अस्पताल गएर उपचार पनि गर्न सकेका छैन् । बुढेशकालको जिन्दगी बडो नमज्जाको हुदो रैछ,’ उनले भने, ‘बिसन्चो हुँदा पनि कसैलाई भन्न सकिन्न । अस्पताल पुर्याइदिने मान्छे पनि हुँदैनन् ।’

नरैनापुर गाउँपालिकाका जेष्ठ नागरिकले उपचार सुविधा पाउन स्वास्थ्य शिविरकै भर पर्नु परेको छ । औषधि उपचारका लागि घरपरिवारले बास्ता नगर्दा आफूहरु गाउँमा आउने निशुल्क स्वास्थ्य शिविरको पखाईमा बस्नु परेको उनीहरुले बताएका छन् ।

सेयर गर्नुहोस्